बुधबार राति भएको च्याम्पियन्स लिगमा पिएजीले सेल्टिकलाई ७-१ गोलले पराजित गरेको छ ।
खेलको सुरुवातमै एक गोलको अग्रता बनाएको सेल्टिकले पिएसजीका खेलाडीलाई त्यसपछि भने रोक्न सकेन । खेलको पहिलो मिनेटमा नै सेल्टिकलाई मोउसुवा डेम्बेलेले गोल गरेका थिए ।
खेलको ९ औ र २२ औ मिनेटमा नियमारले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । पहिलो हाफको २८ औ र ३५ औ मिनेटमा इडिसन काभानी र काइलियन एम्बाप्बेले तेस्रो र चौथो गोल गरे ।
दोस्रो हाफमा पिएसजी झन् आक्रामक देखियो । उसका लागि मार्को भेराटीले खेलको ७५ औ मिनेटमा गोल गरे । खेलको ७९ औ मिनेटमा इडिसन काभानीले गोल गरे ।
काभानीले गोल गरेको एक मिनेट पनि नबित्दै ड्यानी एल्भ्सले गोल गरे । यो जितसँगै पिएसजीको च्याम्पियन्स लिगमा सानदार यात्रा कायम रहेको छ ।
Facebook Comments Box