काठमान्डौंबाट अर्घाखाची जादै गरेको बस त्रिशुलीमा खसेपछि उद्धार गरिएको बालकलाई एक महिलाले दुध चुसाउँदै…. बाबाआमा के कसो भए अझै पत्तो थिएन दैवको लीला पनि अचम्मको हुन्छ । दुधे बालक च्यापेर घरसम्मको यात्रामा बस चढेकी आमा यतिबेला त्रिशूलीमा बेपत्ता भइरहँदा उनका दुधे नाबालक भने मुटुमा चोट लिएर अस्पतालमा छट्पटाइरहेका छन् ।
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको चुम्लिङमा बुधबार यात्रु बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा आठजना यात्रुको ज्यान गयो । यही घटनामा अर्घाखाँचीकी मनिषा थापा पनि परिन् ।
चालक दलका सदस्यसहित ३२ यात्रु लिएर काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको लु२ख २९१ नम्बरको यात्रु बसलाई मुग्लिङबाट धादिङतर्फ जाँदै गरेको ना६ख ४९७२ नम्बरको ट्रकले ठक्कर दियो । ट्रकको ठक्करबाट रन्थनिएको बस एकैचोटी त्रिशूलीमा पुग्यो ।
बालकलाई च्यापेकी मनिषालाई हेर्दाहेर्दै त्रिशूलीले निल्यो । उता उनकै काखमा खेलिरहेका ६ महिने नाबालक त्रिशूलीको बगरमा बजारिए ।बस सडकबाट एक सय मिटर तल त्रिशूली नदीमा झर्दा ६ जनाको घटनास्थलमै ज्यान गयो । अन्य दुईजनाले उपचारका क्रममा ज्यान गुमाए । तर, मनिषालाई भने दुधे बालकसँग खोसेर त्रिशूलीले निल्यो । आमाको काखमा सल्बलाइरहेका दुधे बालकलाई मुटुमा चोट दिँदै नियतिले त्रिशूलीको बगरमा थेचारिदियो ।
टेलिभिजन कार्यक्रम सिधा कुरा जनता संग मार्फत लोकप्रिय भइरहेका पत्रकार रबि लामिछानेको चर्चा यतिबेला जताततै छ ।
रबि आफ्नो कार्यक्रम मार्फत अनियमितताको भण्डाफोर मात्रै गर्दैनन, समस्याको तत्काल समाधानको लागी पहल पनि गर्दछन ।
स्थीति यस्तो सम्म बनेको छ कि कहीं केही अनियमितता हुने बित्तिकै ‘यो रबि लामिछानेलाई भन्नुपर्छ’ भन्ने मान्यता नै स्थापित हुन खोज्दैछ ।
गलत प्रवृत्ति र मानिसहरु संग निरन्तर पत्रकारीता मार्फत लडिरहेका रबि लामिछाने आफै चाही कति सुरक्षित छन त ? यसै पनि नेपालमा पत्रकार माथी आक्रमण भइरहेका थुप्रै उदाहरणहरु छन । रबिको सुरक्षा थ्रेट कति छ ?