२०८० असोज, ७
||NEWS LUMBINI |

पीपीएल क्रिकेट : धनगढीले हरायो पोखरालाई

न्युजलुम्बिनी- पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई पराजित गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा दिपेन्द्र सिंह ऐरीको धनगढीले शरद भेषवाकरको पोखरालाई २ विकेटले हराएको हो । पोखराले दिएको १४५ रनको लक्ष्य धनगढीले १९ ओभर ५ बलमा ८ विकेट गुमाएर भेट्टायो ।

धनगढीका लागि पिटर टेग्रोले ५३ रनको अर्धशतकीय इनिङस खेले । यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४९ रनको योगदान गरे । त्यस्तै सुबेन्धु पाण्डेले २२ रन बनाए ।

पोखराका राशिद खानले ४ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै ललित राजवंशी र बिक्रम भुसालले २÷२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४४ रन बनाएको थियो । खराब सुरुवात गरेको पोखराका लागि रोहित कुमार पौडेलले ३१ रन जोड्दा रबि इन्दर सिंह २८ रन जोडे ।

Facebook Comments Box

फेसबुक