२०८० असोज, १७
||NEWS LUMBINI |

पूर्व ‘मिस नेपाल’ निकिता चण्डक ‘रानी महल’बाट फिल्ममा डेब्यू गर्दै

मिस नेपालको ताज बिहिबार मात्रै हस्तान्तरण गरेकी निकिता चन्दकले अब फिल्ममा अभिनय गर्ने भएकी छिन् ।  ‘मिस नेपाल’का विजेताहरुले मध्ये उनले फिल्म क्षेत्रमा चाडैँ पाइला अगाडि बढाएकी छिन् । उपाधि जितेको केहि बर्षपछि मात्र फिल्लमा आएका छन् ।

सन् २०१७ की ‘मिस नेपाल’ विजेता निकिता सन् २०१८ को ‘मिस नेपाल’ घोषणा भएको एक साता पनि नवित्दै पूर्व मिस नेपाल निकिता चलचित्रमा काम गर्न तयार भएकी हुन् । उनले ‘रानीमहल’ शीर्षकको फिल्ममा अभिनयका लागि आइतबार हस्ताक्षर गरेकी छिन् ।
दुईमहिना अघि घोषणा भएर फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा निकिताले अभिनयका लागि सम्झौता गरेको निर्माण कम्पनी स्वस्तिक फिल्मले जनाएको छ ।

दुई महिनाअघि नै फ्लोरमा जाने तयारीमा रहेको फिल्मको पर्याप्त तयारी नपुगेपछि निर्माण टिमले सुटिङ रोकेको थियो । भनेको समयमा सुटिङमा नगएपछि वर्षा सिवाकोटी, प्रशान्त ताम्राकार र आशिष अधिकारीले फिल्म छाडेका थिए ।

निर्देशक न्यौपानेले वर्षाले गर्न लागेको रोलमा निकिता र ताम्राकारले गर्ने भूमिकाका लागि अर्जुनजंग शाही फाइनल भएको बताए । फिल्ममा प्रितमराजले आशिषलाई रिप्लेस गरेका छन् ।

कलाकार रिप्लेश गरेपछि निर्देशक न्यापाले भने, ‘निकिताजी फाइनल भएसँगै हामी सुटिङमा जानका लागि तयार भएका छौं । वैशाखको दोस्रो हप्तासम्ममा फ्लोरमा गइसक्नेछौं ।’

२ करोडको लगानीमा बन्न लागेको फिल्म पोखरा, स्याङजा, पाल्पा, बुटवल, भैरहवा र काठमाडौँमा हुने निर्माण पक्षले जनाएको छ । फिल्मका केही दृश्य विदेशमा समेत खिच्ने निर्माण टिमले जनाएको छ ।
चलचित्रमा नीर शाह, सुष्मिता केसी, बिएस राणा, भोला शाह, सौगात धिताल, उमा बेवी, बिष्णु सापकोटा, अनुराग कुँवर, रश्मी भट्ट, नगेन्द्र रिजाल, बिनोद सापकोटा, सिलु पोखरेल, अनामिका लामिछाने, युनिता खत्री, पुस्पा निरौला लगायतको अभिनय रहने छ ।

हिमाल केसीको द्वन्द निर्देशन रहने फिल्मको संगीत अर्जुन पोख्रेल र हर्कुलिस बस्नेतले तयार गरेका छन् । बिमल भुषालले फिल्मका निर्माता हुन् । फिल्मको पटकथा दीपक पौडेलले लेखेका छन् ।

-नयाँपेजबाट

Facebook Comments Box

फेसबुक