२०८१ असोज, ३०
||NEWS LUMBINI |

प्रकाशमा नआएका प्रकाशको तथ्य

काठमाडौं, मंसिर ८ । झन्डै २२ वर्षयता नेपाली राजनीतिका केन्द्रबिन्दुमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको एकमात्र पुत्र प्रकाश दाहालको निधनले एक किसिमको तरंग उत्पन्न गर्यो ।

अल्पायुमा नै आइतबार बिहान अकास्मात् प्रकाशको मृत्यु भएको खबर सार्वजनिक भएपछि विभिन्न कोणबाट अनेकखाले विश्लेषण एवं टिका–टिप्पणी भए । औपचारीक निष्कर्ष भने हृदयघातबाट बिहान करिब साढे ५ बजे नर्भिक अपताल पुग्नुभन्दा ३–४ घण्टा अगाडि मृत्यु भएको निचोड निकालियो ।

उसो त मृत्यु कि हत्या भन्ने प्रश्नले केहीबेर डेरा जमाएपछि शुरुमा प्रचण्ड स्वयं लासलाई चिरफार गर्ने सोंचमा पुग्नुभएकै हो । तर, त्यो भ्रम केही छिनमै तोडियो । निकटस्थ स्रोतका अनुसार , पछिल्ला दिनमा सुधारिएको घण्ट्टजस्तै बन्नुभएका प्रकाशको बुबा प्रचण्डको कसिकसाउ छल्न आफूलाई अलि सन्चो नभएको भन्दै चितवनको चुनावी कार्यक्रमबाट काठमाडौं फर्किनुभएको हो । तर, उहाँले उपचारमा भने खासै ध्यान दिनुभएन । औषधि सेवन गरेर मुख बार्नुको सट्टा हल्का बिसन्चोलाई बेवास्ता गर्नु नै अन्ततः उहाँको मृत्युको कारक बन्न पुग्यो । आजको विमर्श साप्ताहिकमा समाचार छ ।

Facebook Comments Box

फेसबुक