२०८० असोज, ७
||NEWS LUMBINI |

प्रचण्डले भने, ‘१० बर्ष लडाईं, १० बर्ष शान्ति प्रक्रियामा बिताएँ , अबको १० बर्ष संवृद्धिका लागि’

भरतपुर – मंसिर–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो जिवनको महत्वपुर्ण दुई दशक युद्ध र शान्ति प्रक्रियामा बितेको भन्दै अबको दश बर्ष विकास र संवृद्धिमा लाग्ने बताएका छन् ।

बुधबार चितवनको भरतपुर नगरपालिका– १९ देविथानमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले भने, ‘मेरो एउटामात्र छोरा प्रकाशको हृदयघातका कारण अकल्पनीय मृत्यु हुन पुग्यो, मैले आर्यघाटबाट नै संकल्प गरेँ अब देशका सम्पुर्ण युवा–युवतीहरु मेरो लागि प्रकाश भएका छन्, मैले बाँकी जिवन अब नेपालीको प्रत्येक घरमा प्रकाश ल्याउनको लागि समर्पित गर्ने संकल्प गरेको छु !’

‘तपाईहरुसँग सहयोगको निम्ती अपिल गर्न चाहन्छु, मैले फर्केर हेर्दा झण्डै दश बर्ष विचारको संघर्षमा बिताएछु, अर्को दश बर्ष मैले लडाईंमा बिताएएँ, अर्को दश बर्ष शान्ति र संविधान निर्माणका लागि विताएछु’ उनले भने, ‘अबको दश बर्ष देशको विकास र संवृद्धिको लागि विताउन चाहन्छु, प्रत्येक घरमा प्रकाश ल्याएर (विकासको उज्यालो ल्याएर) विताउन चाहन्छु, त्यसमा सवै जनसमुदायको सहयोग हुनेछ भन्ने विश्वास छ ।’

नेकपा एमाले र माओवादी केन्द्रको एकता देशको समृद्धि र विकासको लागि नै भएको उल्लेख गर्दै उनले भने, ‘२०१९ सालदेखि विभाजित कम्युनिष्ट शक्तिहरु एकीकृत हुँदै छौं, अप्ठेरो परिस्थितीमा पनि जनताको ईच्छा चहानालाई कदर गरेका छौ ।’ ल्हासा–लुम्बिनी रेल सपना पुरा गर्नका लागि आफुले ठुलो संघर्ष गरेको उल्लेख गर्दै प्रचण्डले प्रचण्डले भने, ‘ल्हासा–लुम्बिनी रेलमार्ग अब विपना हुँदै छ, कृष्णनगर– वुटवल हुँदै चितवनबाट हेटौंडा पुग्ने अर्को रेलमार्ग निर्माणको कल्पना गरिएको छ ।’

निर्वाचन पछि बहुमत ल्याएर बामपन्थीको स्थायी सरकार बनाउने दाबी गर्दै प्रचण्डले खाडीमा पसिना बगाएर दुई–चार पैसा कमाएपनि दैनिक दुई–चारओटा शंवका बाक्सा आउने तितो यथार्थ अन्त्य गर्न खोजिएको बताएका छन् । ‘बामपन्थीलाई बहुमत दिनासाथ मुलुक बद्लिने वाला छ, दुई चार ओटा चिप्ला कुरा गरेर जनतालाई खसीबोका संझिनेहरुलाई भोट नदिनुस’ उनले भने, ‘औधोगिक क्षेत्रको विकास गरेर युवाहरुका लागि खाडी मुलुकमा भन्दा धेरै पैसा आउनेगरी रोजागारीको ग्यारेन्टी गर्न प्रयास गर्नेछु ।’

बामपन्थी सरकारको पहिलो क्याविनेटमा चितवनको मुख्य सडक कालोपत्रे गर्ने र सुकुम्बासीलाई लालपुर्जा वितरणको निर्णय गराउने दाबी गर्दै प्रचण्डले भने, ‘ केरुङ–ठोरी सडकमार्गको निर्माण गर्दै चितवनलाई चित–भारतको ब्यापारिक मार्गको रुपमा विकास गरिने छ ।’

७० बर्षदेखिको अस्थिर राजनितीको कारण सम्वोधन हुन नसकेको जनआकांक्षा पुरा गर्नका लागि एमाले अध्यक्ष ओली र आफुले हास्ताक्षर गरेर स्थायी सरकार बनाउने संकल्प गरेको प्रचण्डले बताए । उनले भने, ‘अबको पाँच बर्ष बामपन्थीले सरकारको नेतृत्व गर्न पाएमा पचास बर्षसम्म कसैले हल्लाउन सक्दैन, राजनितिक स्थायीत्वको आधार तयार हुन्छ ।’

Facebook Comments Box

फेसबुक