२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

परदेसी खबरको प्रधान सम्पादकमा नैनाकला राई चयन

न्युज लुम्बिनी-कुबेतबाट संचालित परदेशी खबर डटकमको कार्यसमितिलाई हेरफेर गर्दै कुवेतको इतिहासमै पहिलो महिला प्रधान सम्पादकमा नैनकला राईलाई चयन गरेको छ । परदेशी खबर डट कमलाई प्रधान सम्पादक ईष्टमान वाइवा(लामा भाई) आफ्नो काम बिशेषले २०१५ मा नेपाल प्रस्थान गरेपछी प्रमुख कार्यकारी सम्पादकको हैसियतमा रहेर पत्रकार कोषराज राईले नेत्रित्व प्रदान गर्दै आएका थिए । तर, गत फेब्रुअरी २०१८ मा कोषराज राईले परदेशी खबर डट कममा नरहने गरी राजिनामा पेश गरेपछी उनको राजिनामा  स्विकृत भएपछी परदेशी खबरले एउटा ऐतिहासिक निर्णय गर्दै, स्थापनादेखी नै सम्पादकको भूमिका निर्वाह गर्दै आएकी चिरपरिचित महिला पत्रकार नैनकला राईलाई प्रधान सम्पादकमा बढुवा गर्दै कुवेतको पत्रकारिता जगतको इतिहासमा पहिलो चोटि एक महिलालाई नेतृत्व प्रदान गरेको छ । यसैगरी, नयाँ कार्यसमितिमा संस्थापक प्रधान सम्पादक ईष्टमान वाइवा(लामा भाई) लाई प्रबन्धक निर्देशकमा बढुवा गर्दै निम्न बमोजिम कार्यसमितिलाई तयार गरी अगाडी बढ्ने निर्णय गरेको छ । १८ मे २०१८ मा बसेको बोर्ड मिटिङले युवक राईलाई सम्पादक मण्डलमा समावेश गरेको छ ।

नयाँ कार्यसमिति

संस्थापक/प्रबन्धक निर्देशक : ईष्टमान वाइबा (लामा भाई)

संस्थापक/ संरक्षक : सुरेश ग्याबा तामांग

सल्लाहकारहरु : रामबहादुर बस्नेत, अमित चाम्लिङ राई

प्रधान सम्पादक : नैनाकला राई

कार्यकारी सम्पादक : दिल कुमार पाख्रिन

सम्पादक तथा फोटो पत्रकार : युग लामा

सम्पादक तथा डिजाइनर : हरि लावती

सम्पादक मण्डल : आकाश शेर्पा, युवक राई, उदास श्रेष्ठ

कुवेत बाहिरबाट सम्वाददाताहरु:

माया लोप्चान: साइप्रस

नेरुता मोक्तान: लेबनान (हाल नेपाल)

आशिम दोर्जे तामांग: साउदी अरेबिया

यामराज बिस्ट: मलेशिया

कर्णबहादुर अधिकारी: मकाउ

Facebook Comments Box

फेसबुक