न्यूजलुम्बिनी- अर्घाखाँचीको नरपानीमा कपिलबस्तु र सन्धिखर्कका युवाहरुबीच भएको झडपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिउसो सामान्य बिबादमा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
अहिले झगडा गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अन्यलाई घर पठाउने काम भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो । झडपमा संलग्न कपिलबस्तुका १४ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नरपानीमा रहेको पिकनीक स्पोटमा कपिलबस्तुको टोली माथिल्लो स्थान र सन्धिखर्कको टोली तल्लो भागमा रहेको र माथिबाट फोहर पानी तथा अन्य साम्रगीहरु तल कपिलबस्तुका युवाहरुले फाल्दा बिबाद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रहरी निरिक्षक गंम्भीर जंग थापाले जानकारी दिनुभयो । झडपमा परि सन्धिखर्कका केयरसिहं खनाल सहित अन्य एक जना युबा घाईते भएका छन ।
कपिलबस्तु तर्फबाट टोपलाल चौधरी र शिबलाल चौधरी घाईते भएका छन । भने बसमा यात्रा गरिरहेकी मालारानी ८ कि नमुना अधिकारीलाई ढुङ्गा लागेर सामान्य घाईते भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।