अपहरणको धम्की दिने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फिरौती रकम माग्ने र नदिएमा परिवारका सदस्यलाई अपहरण गरिदिन्छु भन्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ का ४५ वर्षीय डोलेन्द्र सापकोटालाई टेलिफोनबाट बारम्बार फोन तथा म्यासेज गरी पाँच लाख रुपैयाँ फिरौती माग गरेको र रकम नदिएमा छोरा र श्रीमतीलाई अपहरण गरी मारिदिन्छु भन्ने धम्की दिने तीनजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा तिलोत्तमा-१५ का १९ वर्षीय बिवेक गौतम, रुपन्देहीको सियारी गाउँपालिका-१ का १९ वर्षीय अर्जुन सुनार र तिलोत्तमा-१४ का २५ वर्षीय प्रकाश सुनार रहेका छन् ।
उनीहरुलाई अपहरण तथा शरीर बन्धक उधोगमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लिनारायण पाण्डेले जानकारी दिए ।
बाघको अवैध छालासहित तीनजनालाई पक्राउ
यस्तै रुपन्देही प्रहरीले बाघको अवैध छालासहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्वत फलेवास नगरपालिका- १ का २५ वर्षीय आशिष सुनार, कास्की मादी गाँउपालिका-४ घर भइ पोखरा लेखनाथ-१३ काहुँखोला बस्ने २५ वर्षे सुरज भुजेल र नवलपरासी सुस्ता पूर्व देवचुली नगरपालिका-१३ दलदले बस्ने २५ वर्षे बद्रि सुनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बुटवल ८ बाट २ थान बाघको छालासहित तीनजनालाई पक्राउ गरेको हो ।