२०८० असोज, ६
||NEWS LUMBINI |

फेरि वर्षा बाधक

नेपाल एसिया क्षेत्रको महिला ट्वान्टी–२० विश्वकप छनोटमा लगातार दोस्रो खेलमा अंक बाँड्न बाध्य भएको छ । नेपालको मंगलबार हुने भनिएको हङकङसँगको खेल वर्षाले १ बल पनि फाल्न नदिई रद्द भएको छ । नेपालले सोमबार आयोजक थाइल्यान्डसँग पनि १ अंकमै चित्त बुझाएको थियो ।

बैंककस्थित ट्ेरडथाई क्रिकेट मैदानमा बिहानैदेखि परेको वर्षाले खेल नै हुन दिएन । यसले शीर्ष दुई स्थानमा रहेर छनोट हुने नेपालको आशामा धक्का दिएको छ । सोही मैदानमा भएको दिनको दोस्रो खेलमा थाइल्यान्डले यूएईमाथि १० विकेटको विजय हात पार्‍यो । ९ ओभरमा छोट्याइएको खेलमा यूएईले ५ विकेट गुमाएर ३४ रन बनायो । थाइल्यान्डले ५.१ ओभरमै लक्ष्य पूरा गर्‍यो । अर्को खेलमा मलेसियाले चीनलाई ७ विकेटले हरायो ।

हङकङले पहिलो खेलमा मलेसियालाई ३२ रनले हराएको हो । हङकङ र थाइल्यान्ड समान ३ अंकसहित शीर्ष दुई स्थानमा छन् । मलेसिया, नेपाल र यूएई २–२ अंकसहित तेस्रोदेखि पाँचौं स्थानमा छन् । चीनले दुवै खेल हारेको छ ।

Facebook Comments Box

फेसबुक