२०८० असोज, १७
||NEWS LUMBINI |

फोर्ब्सको सूचीमा पाँच नेपाली युवा उद्यमी

फोर्ब्स पत्रिकाले निकालेको सन् २०१८ को ३० वर्ष मुनिका प्रभावशाली युवाको सूचीमा नेपालका पाँच जना युवा पर्न सफल भएका छन् । 

फोर्ब्सले निकालेको थर्टी अण्डर थर्टी एसिया सूची अन्तर्गत सामाजिक उद्यमशीलता विधामा नेपालका पाँच जना सामाजिक उद्यमी युवा परेका हुन् । फोहोर मैला व्यवस्थापना तथा कवाडी सामान व्यवस्थापन तथा पुनः प्रयोगका लागि ‘खाली सिसी’ नामक संस्था स्थापना गरेकी आयुषी केसी यो सूचीमा पर्नुभएको छ । केसीले ‘खाली सिसी’ मार्फत शहरका विभिन्न ठाउँमा पुगी कवाडी सामान संकलन तथा त्यसको पुनः प्रयोगको अभियान थाल्नुभएको थियो ।

त्यस्तै यो सूचीमा नेपालकी कञ्चन अमात्य पनि पर्नुभएको छ । ‘सस्टेनेबल फिस फार्मिङ इनिसिएटिभ’ की संस्थापक कञ्चनले ग्रामिण भेगका महिलाको जीवनस्तर उकास्न तथा खाद्य असुरक्षा र गरिबी हटाउन पहल गर्दै आउनुभएको छ ।

यो सूचीमा पर्ने अरु नेपाली युवामा सचित पण्डित, निशान चण्डी श्रेष्ठ, सुवास श्रेष्ठ  रहेका छन् । यी तीन युवाले ‘इको सेल इण्डस्ट्रिज’ नामक संस्था स्थापना गरी सुलभ मूल्यमा भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि आवश्यक सामग्री निर्माण गर्दै आएका छन् ।

फोर्ब्सले विभिन्न १० वटा विधामा ३० –३० जना गरी ३ सय जना युवालाई हरेक वर्ष फोब्र्स थर्टी अण्डर थर्टी मा समावेश गर्दै आएको छ ।

-उज्यालोबाट

Facebook Comments Box

फेसबुक