२०८० असोज, १७
||NEWS LUMBINI |

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि, क्रोएसिया ४-२ ले पराजित

क्रोएसियालाई हराउँदै फ्रान्सले  दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो ।

खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि क्रोएसियाले २८ औं मिनेटमै गोल फर्काएर खेल बराबरीमा ल्याएको थियो । उसका लागि इभान पेरिसिकले बराबरी गोल गरे ।

क्रोएसियाले खेल बराबरीमा ल्याएको १० मिनेटमै फेरि फ्रान्सले पेनाल्टी पायो र अग्रता लिने मौका पायो । कर्नर बलमा क्रोएसियाली डिफेन्डरले ह्याण्ड गर्न पुग्दा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टोनि ग्रिजम्यानले गोलमा परिणत गरे ।

दोस्रो हाफमा बलमाथि क्रोएसियाले बढी नियन्त्रण गरे पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेलमा फराकिलो जित दर्ता गर्न सफल भयो । फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे ।

क्रोएसियाका लागि सान्त्वना गोल मारियो मान्जुकिजले ६९ औं मिनेटमा गरे ।पहिलो पटक फाइनल पुगेको टिम क्रोएसियाले बलमाथि धेरै नियन्त्रण राखे पनि गोल गर्न नसक्दा हार व्यहोर्न पुग्यो ।

खेल जित्यो फ्रान्सले, मन क्रोएसियाले

रसियामा जारी २१औं संस्करणको फिफा विश्वकपको उपाधि फ्रान्सले जितेको छ। लुजिनिकी रंगशालामा आइतबार राति भएको फाइनलमा पहिलो पटक फाइनलमा प्रवेश गरेको क्रोएसियालाई ४-२ ले हराउँदै उपाधि जितेको छ।

तेस्रो पटक फाइनलमा पुगेको फ्रान्सले दोस्रो पटक उपाधि जित्दा पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाले संसारभरमा खेलप्रेमीको मन जितेको छ।

क्रोएसिया नकआउट चरणका तीन वटै खेल एक्स्ट्रा समयमा पुर्‍याएर जित हात पार्ने पहिलो टोली बनेको छ। राउण्ड अफ सिक्सटिनमा डेनमार्कविरुद्ध क्रोएसियाले १-१ को बराबरी खेलेको थियो। पेनाल्टी सुटआउटमा क्रोएसिया ३-२ ले विजयी भयो। क्वार्टर फाइलनमा क्रोएसियाको भिडन्त आयोजक रसियासँग भयो।

९० मिनेटको खेल २-२ को बराबरी भएपछि पेनाल्टीमा क्रोएसियाले ४-३ को जित निकाल्यो।

त्यस्तै सेमिफाइलनमा इंग्ल्याण्डविरुद्धको खेलको ९० मिनेट पनि १-१ को बराबरी भयो। एक्स्ट्रा समयमा क्रोएसियाले गोल थप्दै जित निकाल्यो।

क्रोएसियाले जारी विश्वकपमा ९ गोल खाएको छ भने १४ गोल गरेको छ।

रियल मेड्रिडबाट व्यावसायिक फुटबल खेल्ने मोड्रिच जारी विश्वकपको गोल्डेन बलको समेत दाबेदार हुन्।

यदी आज क्रोएसियाले खेल जितेको भए विश्वकप जित्ने नवौं राष्ट्र बन्ने थियो। मात्र ४३ लाख जनसंख्या र रूसी सहर मस्कोभन्दा एक तिहाई आकारको क्रोएसिया विश्वकप जित्ने उरुग्वेपछिको दोस्रो सानो राष्ट्र बन्ने थियो। तर आज राम्रो खेल्दा खेल्दै उसले हार व्यहोर्न बाध्य भयो। अधिकांश समय ल नियन्त्रणमा राखेको क्रोएसियाले फिनिसिङ गर्न नसक्दा हार्नुपर्‍यो। फ्रान्सले पाएका थोरै अवसरलाई उत्कृष्ट सदुपयोग गर्दै खेल जित्यो।

रियल म्याड्रिडका मिडफिल्डर ल्युका मोडरिचले क्रोएसियालाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निभाए। सानो शरीरका भएर पनि कहिल्यै नथाक्ने किसिमले मैदानमा दौडदै सटिक पास दिइरहेका उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको पुरस्कार गोल्डेन बलका प्रमुख दाबेदार रहे।

उनी मात्र होइनन्, अन्डर डगको रुपमा फाइनल यात्रा तय गर्ने क्रममा बार्सिलोनाका मिडफिल्डर इभान राकिटिच, युभेन्टसका फरवार्ड मारियो मान्जुकिच, मोनाकोका गोलकिपर डानिएल सुबासिच, फ्रयांकफर्टका फरवार्ड एन्टे रेबिकले पनि उत्कृष्ट खेल पस्किएर दर्शकलाई मनोरञ्जन दिए।

इन्टरमिलानका फरवार्ड इभान पेरिसिच र इन्टरकै मिडफिल्डर मार्सेलो ब्रोजोभिच पनि उच्च लयमा रहँदै दर्शकको मन जिते।

लियोनल मेसी नेतृत्वको अर्जेन्टिनाविरुद्ध समूह चरणमा ३-० को जित निकालेपछि क्रोएसियाले धेरैको ध्यान तानेको थियो।

विश्वकप खेल्न रसिया जानुअघि कसैले पनि पूर्वी युरोपको यो सानो देशले फाइनल त के सेमिफाइनलको यात्रा गर्छ भन्ने अनुमान पनि गरेका थिएनन्। तर, समीकरण त्यस्तै बन्यो। भाग्यले साथ दिएर फाइनल सम्मको यात्रा गर्दै विश्वकपमा उत्कृष्ट रह्यो।

पाँचौपल्ट विश्वकपमा सहभागि क्रोएसियाको सफलताको मुख्य आधार टिम वर्क थियो। उसका सबै खेलाडी जुझारु थिए, भिडेर खेल्थे।

सन् १९९८ मा हात पारेको तेस्रो स्थानको उपलब्धिलाई यसपटक उपविजेता हुँदै सुधारेको छ।

नकआउटका तीनै खेलमा एक गोलले पछाडि परेको स्थिति उल्टाएर जित रचे पनि फाइनलमा नतिजा आफू अनुकुल हुन सकेन।

-अनलाइन खबर र सेतोपाटीबाट साभार

Facebook Comments Box

फेसबुक