२०८१ बैशाख, ३
||NEWS LUMBINI |

बजाजको ‘ग्राण्ड एक्सचेज मेला’

काठमाडौं  बजाज मोटरसाइकलको नेपालकालागि अधिकृत बितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘ग्राण्ड एक्सचेज मेला’ आयोजना गर्ने भएको छ ।
‘जिन्दगी बदलिन्छ बजाज एक्स्चेन्जसँग’ भन्ने मुलनाराका साथ काठमान्डौंको भृकुटी मण्डपमा  यहि नोभेम्वर २३ देखि नोभेम्वर २७ अर्थात मंसिर ७ गते देखि ११ गतेसम्म मेला आयोजना हुन गइरहेको छ ।

‘ग्राण्ड एक्सचेज मेला’ नेपालकै सबैभन्दा ठुलो बाइक एक्सचेन्ज मेला हुने कम्पनीले विश्वास लिएको छ । यस सुवर्ण अवसरमा ग्राहकले कुनै पनि ब्राण्डका मोटरसाइकल र स्कुटरहरु ल्याएर बजाजका मोटरसाइकलसँग साट्न पाइने कम्पनीले जनाएको छ ।

साथै मेलालाई भव्य बनाउन कम्पनीले आर्कषक गिफ्ट ह्यामपरहरु समेत राखेको  जनाएको छ । हरेक दिन भाग्यशाली एकजाना ग्राहकले प्रत्येक दिन हुने लक्की ड्र बाट सामसुङ मोवाइलसमेत जित्न सक्ने छ ।

Facebook Comments Box

फेसबुक