२०८० असोज, ६
||NEWS LUMBINI |

बलिउड अभिनेता सलमान खान सेन्टर जेलमा

कालो हरिणको सिकार गरेको बीस वर्ष पुरानो मुद्दामा भारतको जोधपुर अदालतले बलिउड अभिनेता सलमान खानलाई दोषी ठह¥याउँदै पाँच वर्षको जेलसजाय र १० हजार रुपैयाँ जरिवाना सुनाएको छ । बिहीबार नै उनलई सेन्ट्रल जेल लगिएको छ । जोधपुरको सीजेएम अदालतले यही मुद्दामा अभिनेता सेफ अली खान, अभिनेत्री तब्बु, नीलम र सोनाली बेन्द्रेलाई भने सफाइ दिएको छ ।

सलमानलाई अदालतले वन्यजन्तु सरंक्षण कानुनअन्तर्गत दोषी ठहर गरेको हो । मुद्दाको फैसला सुनाउँदा सबै आरोपी अदालतमा उपस्थित थिए । मुख्य न्यायिक मेजिस्ट्रेट देवकुमार खत्रीले यस सम्बन्धमा २९ मार्चमा मुद्दाको सुनवाइ पूर गर्दै फैसला सुरक्षित राखेका थिए ।

सलमानमाथि जोधपुर नजिकै कट कणकणी गाउँमा दुई काला हरिणको सिकार गरेको आरोप थियो । यो घटना ‘हम साथ साथ है’ फिल्मको छायांकनका क्रममा २ अक्टोबर १९९८ मा भएको हो ।

-अन्नपूर्णपोष्ट

Facebook Comments Box

फेसबुक