२०८१ असार, १
||NEWS LUMBINI |

बल्लतल्ल गर्भवती भएकी महिलाको अन्ट्रासाउण्ड रिपोर्टले बनायो सबैलाई चकित

एक महिलाको जीवनमा आमा शब्दले निकै महत्व राख्छ । आमा बन्ने अनुभव नै महिलाको लागि निकै फरक हुन्छ । अमेरिकाको इंडियाना राज्यकी सारह इमबियरोविक्ज निकै दुःखसाथ आमा बनेकी थिइन् । तर उनी तेस्रो पटक गर्भवती भइन् उनको अल्ट्रासाउण्ड रिपोर्ट देखेर सबै निकै आश्चर्यचकित भए ।

सारह आफ्नो बिहे भएको ३ वर्षसम्म गर्भवती हुन सकेकी थिइनन् । त्यसपछि उनीहरुले डाक्टरको सल्लाहअनुसार कृत्रिम गर्भधान (भिट्रो फर्टिलाइजेशन) विधि अपनाउने निर्णय गरे । बच्चा जन्माउन नसकेका जोडीहरुको लागि यो विधि उपयोग गरिन्छ । यो विधिअनुसार बच्चा जन्माउँदा सुरुमा बच्चाको भ्रुण टेष्टट्युबमा विकसित हुन्छ । महिलाको गर्भमै भ्रुण बन्न नसक्ने अवस्था भएका बाहिर भ्रुण बनाएर करिब एक हप्तापछि त्यसलाई महिलाको पाठेघरभित्र राखिन्छ । त्यसपछि भने त्यो बच्चा पाठेघरभित्रै हुर्किन्छ ।

यसरी सारहले एउटा छोरा जन्माइन् । उनीहरुले यसपछि पनि बच्चाको चाहना गरे र यही विधि अपनाए। दोस्रो पटकमा भने सारहले ३ छोरा जन्माइन् । बच्चा ४ जना भइसकेका थिए तर यो जोडीलाई छोरी चाहिएको थियो। एउटी मात्र छोरी भए छोराछोरीको रहर पुग्ने भन्दै सारह तेस्रोपटक गर्भवती हुने निर्णयमा पुगिन्।

तेस्रो पटकको भ्रुण उनको गर्भमा विकसित हुँदै गर्दा डाक्टरले उनको अल्ट्रासाउण्ड गरे । आश्चर्यको कुरा यसपटक पनि सारहको गर्भमा ३ वटै बच्चा थिए । संयोगले यसपटक भने तीनवटै बच्चा छोरी थिए । अहिले यो जोडीका ७ बच्चा छन् र उनीहरु निकै खुसी भएको बताएका छन्।

Facebook Comments Box

फेसबुक