२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

बार्सिलोनासँग बराबरी खेलेपछि युभेन्ट्स दबाबमा

च्याम्पियन्स लिगमा बार्सिलोनाले युभेन्टससँग गोलरहित बराबरी खेल खेलेको छ । इटालियन जायन्ट क्लबले सुधारिएको खेल प्रदर्शन गरेको थियो ।

युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले केही राम्रा अवसरहरु सिर्जना गरेका थिए तर गोल गर्न भने सकेनन् । यो बराबरी खेलसँगै युभेन्ट्सलाई स्पोटिङ सिपीले दबाब दिएको छ ।

ओलम्पियाकसलाई ३–१ गोलले पराजित गरेको स्पोटिङको ७ अंक रहेको छ भने युभेन्ट्सको ८ अंक रहेको छ । बार्सिलोना ११ अंकका साथ अन्तिम १६ का लागि छनोट भइसकेको छ ।

Facebook Comments Box

फेसबुक