२०८० असोज, १७
||NEWS LUMBINI |

बिपद ब्यवस्थापनमा के गर्दैछ प्रदेश ५ सरकार

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बिपद ब्यबस्थापनका लागि प्रदेश सरकारले प्रर्याप्त तयारी गरेको बताएका छन् ।
प्राकृतिक प्रकोप र विपद्मा परेका नागरिकलाई राहत वितरणका लागि मापदण्ड नै बनाएको उनको भनाइ छ ।

बुधबार रिपोर्टर्स क्लव प्रदेश ५ द्वारा बुटवलमा बिपद ब्यबस्थापन र तयारीबारे आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै केसीले सरकार गम्भिर ढंगले अघि बढेको भन्दै ‘प्रादेशिक विपद् व्यवस्थापन कोष’ निर्माण गरेको जानकारी दिए ।

‘कोषको कार्यविधि बनाई प्रभावकारी रूपमा संचालन गरिनेछ ,कोषमा आगामी वर्ष रु. ६ करोड रकम थप गरिने ’उनले सुनाए ।

प्रदेश ५ भित्र पर्ने सबै संभाबित जोखिमयुक्त क्षेत्रमा राहत र उद्धारका लागि सरकारले मापदण्ड नै बनाएर ति जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाइ पत्राचार गरिएको सुस्ताको समस्या,तिनाउ क्षेत्रको समस्या ,तराइको डुवाब र पहाडको पहिरोबाट क्षति न्युनिकरणका उपायका बारेमा सजग रहेको उनले बताए ।

सरकारको राहत वितरण मापदण्डअनुसार प्राकृतिक प्रकोपबाट मृत्यु भएमा परिवारले प्रतिव्यक्ति एक लाख रुपैया राहत पाउने भने पशु चौपाया मरेमा ५० हजारदेखि एक लाख रुपैयासम्म क्षतिपुर्ति दिइने उनले बताए । प्राकृतिक प्रकोपबाट घर नष्ट भएमा प्रति घरले ३५ हजार वा ३ बण्डल जस्तापाता पाउने केसीले बताए ।

केसीका अनुसार बढी जोखिमयुक्त नदीहरुमा पूर्व सूचना प्राप्त गर्न आधुनिक पूर्व सूचना प्रणाली जडान गरिने छ र यस्का लागि रु. १ करोड ५० लाख रकम छुट्टयाइएको छ । प्रदेश सरकारले विपद व्यवस्थापन सामाग्री खरीद र भण्डारणको लागि रु. १ करोड ७६ लाख विनियोजन गरेको छ ।
प्रदेश सरकारको मेकानिजम छैन

कार्यक्रममा बोल्दै प्रदेससभा सदस्य फकरुद्धिन खांले जनताले प्रदेश सरकारबाट अपेक्षा गरेजति कुनैपनि सेवा सुबिधा,राहत नपाएको बताए ।
‘पूर्व तयारी राहत र क्षतिपूर्तिको आशा प्रदेश सरकारबाटै हो , तर मुख्य मन्त्रीले आशन पायौं ,तर शासन पाएनौं भन्दै हिड्दा जनताले के आशा गर्ने ?’ उनले भने ।
खांले भने—‘प्रदेश सरकारको मेकानिजम छैन, बिपदका बेला जस्ले पनि राहत संकलन गर्छ तर यस्को जवाफदेहि कोहि छैन ,कहा जान्छ किन उठाइन्छ कस्ले हेर्ने हो ?’
जनताको इस्युमा नेपाली कांग्रेस सरकारसंग सहकार्य गर्न तयार रहेको उनले प्रष्ट पारे । बिपद र राहतमा सत्ता र प्रतिपक्ष हुदैनन् उनले भने ।
सिद्धबाबा क्षेत्रमा दैनिक पहिरो खस्ने गर्दा जनताले सास्ती पाए :

तिनाउ गाउपालिका पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले सिद्धबाबा क्षेत्रमा दैनिक पहिरो खस्ने गर्दा जनताले सास्ती पाएको बताए ।
प्रदेश सरकारले यस्मा बजेट छुट्टाएपनि तत्कालका लागि केहि काम हुन नसकेको स्वीकार गरे ।
सामुदायिक बिपदको अबस्थामा १० टिम खटाएका छौ

नेपाल रेडक्रस सोसाइटी रुपन्देही अध्यक्ष प्रेमलाल उदासले जिल्लाका अति जोखिमपूर्ण स्थानमा आफुहरुले राहत पठाएको बताए ।
‘सामुदायिक बिपदको अबस्थामा १० टिम खटाएका छौ,हाम्रो तयारी पूरा छ’ उदासले भने ।
मानबीय कारणले पनि कतिपय स्थानमा प्राकृतिक प्रकोपले क्षति पुर्याइरहेको छ

पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष बरिष्ठ पत्रकार डिआर घिमिरेले अहिलेको बाढि पहिरोबाट मुलुकमा १२ जनाको ज्यान जांदा प्रदेश ५ का ८ जना मानिसको मृत्यु भएको बताए ।

सरोकारवाला निकायले बर्खा अगाबै प्रर्याप्त गृहकार्य गरेमा प्राकृतिक प्रकोपबाट हुने क्षति न्युनिकरण गर्न सकिने बताए ।
बिकासका नाममा बिनास भैरहेको भन्दै उनले मानबीय कारणले पनि कतिपय स्थानमा प्राकृतिक प्रकोपले क्षति पुर्याइरहेको बताए ।
बिपदका बेला मात्रै सरकार जाग्छ

पूर्व नवलपरासी सुस्ता वडा न १ निबासी धुब्रशरण ढुंगानाले बिपदका बेला मात्रै सरकार जाग्ने गरेको गुनासो गरे ।
गण्डक नहरले स्थानीयको ज्यानै जानेभएपछि सुस्ता २ लक्ष्मीपुरमा नहर भत्काएको प्रष्ट पारे ।

जनताले राहत नपाएको भन्दै भारत सरकारले दिने भनेको पूर्व सहमतिको १ करोड रकम पनि निकासा नभएको बताए ।
गण्डक नहर भारतले एकलौटी चलाउदा नेपाल सरकारका आंखा नपुगेको उनले दुखेसो पोखे ।

कार्यक्रम रिपोर्टर्स क्लव प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

Facebook Comments Box

फेसबुक