२०७७ कार्तिक, १५

बिश्वकर्मा हेल्पिङ्ग हेन्ड अराउन्ड द वल्र्ड कुवेतले गर्यो अर्की नेपाली चेलीको उद्दार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
न्युज लुम्बिनी-कुवेत स्थित आदन अस्पतालमा बिगत एक बर्ष देखि उपचार्थ रहेकि बागलुङ जिल्ला ढाेरपाटन नगरपालिका १ बुर्तिबाङ्ग की  ३९ बर्षिय हिरा परियार स्वदेश फर्किएकी छिन उनलाई बिश्वकर्मा हेन्पिङ्ग हेन्ड अराउन्ड द वल्र्डको पहलमा स्वदेश फर्काईएको संयोजक नवल खड्काथोकी जानकारी गराएका छन ।
आदन अस्पतालमा एक बर्ष देखि हिरा परियार प्यार्लाइसिस बिमारी बाट ग्रसित भएको कुरा उनको आफन्त बल्लु परियारले बिश्वकर्मा हेल्पिङ्ग हेन्ड कुवेतलाई जानकारी गराएका थिए ।
त्यस  लगतै सस्थाका सस्थापक कृष्ण गहतराज, उपसम्योजक अमित गौतमले  नेपाली दुतावास कुवेतसंग समन्वय गरि हिरा परियारको नेपाल फिर्ताको निम्ति आवश्यक प्रक्रिया पुरा गरि आदान अस्पतालमा आर्थिक कुवेती डिनर ४२ सय तथा नेपाली १५२०००० / (अक्षर रुपि पन्द्र लाख बीस हजार) मिनाह गरि नेपाल फिर्ता गर्न नेपाली  दुतावास कुवेतका मनोज सिंह र सिराज ले सहयोग गरेको  बिश्वकर्मा हेल्पिङ हेन्ड अराउन्ड द वल्र्ड कुवेतले जनाएको छ ।
साथै लुम्बिनी समाजका निबर्तमान अध्यक्ष एबम  समाजसेवी रुपेन हमालले हिरा परियारको निम्ति व्हिल चियरको व्यवस्था गरेका थिए भने नेपाल सम्म पुर्याउन  बम बिष्ट ले सहयोग गरेकमा बिश्वकर्मा हेल्पिङ हेन्ड अराउन्ड द वल्र्ड कुवेतले आभार व्यक्त गरेको छ ।
साथै हिरा परियारलाई नेपाल फिर्ताको निम्ति टिकट तथा अन्य खर्च बिश्वकर्मा हेल्पिङ्ग हेन्डले नै ब्यबस्था मिलाएको थियो बरिष्ठ सल्लाहकार केबि बिश्वकर्म गौतमले जानकारी गराएका छन  ।

 

Facebook Comments

फेसबुक