२०८० असोज, ६
||NEWS LUMBINI |

बुटबलमा बिरामीलाई फलफूलको सट्टा नगदीखाम दिने अभियान सुरु

रुपन्देही– अस्पतालहरुमा बिरामी भेट्न जाँदा अधिकांशले फलफूल कोसेली बोकेर जाने चलन हुन्छ। तर, बुटवलका एक युवाले फलफूलको सट्टा नगद उपहार दिने अभियान थालेका छन्। बुटवल हस्पिटल प्रालिका कार्यकारी निर्देशक मुक्तिराज पौडलले यस्तो अभियान चलाएका छन्।

 

उनले बिरामीलाई अस्पतालमा उपचार गर्नेदेखि औषधि किन्ने पैसाको अभावले समस्या भएको हुनसक्ने भन्दै फलफूलको साटो नगद खाममा राखेर दिने अभियान थालेका हुन्। पौडेलले फलफूल किनेर वा अन्य अनावश्यक कुरामा खर्च गर्नुभन्दा पैसा अभावमा रहेका बिरामीलाई थोरै भए पनि नगद सहयोग गर्नु प्रभावकारी हुने बताए। उनले एक कार्यक्रमका बीच लुम्बिनी अञ्चल अस्पतालका ४५ जना बिरामीलाई २ सय ५० रुपैयाँका दरले नगद वितरण गरे।

पौडेलले यो अभियान सफल पार्न सके धेरै गरिब तथा असहाय बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा राखेका छन्।

Facebook Comments Box

फेसबुक