बुटवलको राजमार्ग चौराहामा दिब्या मिष्ठान्न भण्डार संचालनमा आएको छ ।
बुटवल ८ मा रहेको भण्डारको रुपन्देही मिष्ठान्न तथा क्याटरिङ ब्यबसायी संघका अध्यक्ष लक्ष्मण पोखरेलले उद्घाटन गर्नुभएको छ ।
उद्घाटन गर्दै उहाले रुपन्देहीमा राम्रा र गुणस्तरिय मिष्ठान्नहरु खोल्नु सबैको लागि राम्रो भएको भन्दै उपभोक्ताको हितमा रहेर ब्यबसाय संचालन गर्न आग्रह गर्नुभयो ।
सो अबसरमा बोल्दै संचालक बिष्णु शर्माले आफुले बिदेशमा रहेर सिकेको सीपलाइ नेपालमा आएर ४५ लाखको लगानीमा ब्यबसाय थालेको बताउनुभयो । कार्यक्रमको संचालन रुपन्देही मिष्ठान्न तथा क्याटरिङ ब्यबसायी संघका प्रेस सल्लाहकार कपिल ज्ञवालीले गर्नुभएको थियो ।
Facebook Comments Box