२०८० असोज, १७
||NEWS LUMBINI |

बुटवलमा बाटो फराकिलो गर्न डोजर लगाएर ठूलाठूला घर, पसलहरु भत्काउन सुरु

बुटवलको राजमार्ग चौराह देखि गोलपार्क सम्मको साढे ३ किलोमिटर सडक विस्तार कार्य आजबाट सुरु भएको छ । ८२ फुट सडक क्षेत्र भित्र पर्ने संरचनामा आज डोजर चलाएर सडक विस्तारको काम सुरु गरिएको हो । बुटवल बेलहिया व्यापारीक आयोजनाले प्रहरीले सहयोगमा राजमार्ग चौराह देखि सांकेतिक रुपमा घरमा डोजर लगाएर सडक विस्तारको सुरु गरेको हो ।

घर भत्काउन सुरु गरेपछि घरधनीहरुले विरोध समेत गरेका थिए । बुटवलको मुख्य बजार क्षेत्र राजमार्ग चौराहादेखि गोलपार्कसम्म ३.७ किलोमिटर सडकमा ३ सय ११ घरहरू भत्काउनुपर्ने अवस्थामा छन् । जम्मा २५ वटा घरमात्र घरधनीले भत्काएका छन् । त्यसका लागि आयोजनाले १५ दिने सूचना जारी गरिसकेको थियो । आयोजनाका ईन्जिनियर गोविन्द श्रेष्ठले सडक क्षेत्रभित्रका घरहरुमा डोजर प्रयोग गरिएको बताए ।

घरधनीहरूलाई बढी क्षति नहोस् भनेर सम्यमता अपनाउँदा पनि घरधनीले अटेर गरे डोजर चलाएर हटाउनुको विकल्प नभएको श्रेष्ठको भनाइ छ । विगत ३ वर्ष देखि सात, आठ पटक ८२ फुटभित्र परेका संरचनाहरू हटाउन सूचना जारी गरिएको थियो । आयोजनाले अहिले सडकका दायाँबायाँ रहका रूखहरू हटाइसकेको छ । ४ वर्ष अगाडि चार लेनमा निर्माण भए पनि बुटवल बजार क्षेत्रको सडक ६ लेनको बनाउने दुई वर्ष अनुमति पाएको थियो ।

यहाँका ४२ जना घरधनीले आफूहरूका घर ‘नभत्काई पाऊँ’ भन्दै सर्वोच्च अदालत र उच्च अदालत बुटवलमा मुद्दा दर्ता गरेका थिए । जसले गर्दा करिब १ वर्ष काम रोकिए पनि हालै सर्वोच्च अदालतले मुद्दाउपर अन्तरिम आदेश दिनु नपर्ने फैसला दिएपछि आयोजनाले ठेकेदार कम्पनीलाई काम शुरू गर्न आग्रह गरेको हो । सडक विस्तारको जिम्मा ‘द’ कञ्चनजङ्घा बिरूवा जेभी कन्ट्रक्सन प्रालि, काठमाडौँले लिएको छ ।

गत वर्ष चैत ३० गते ३० महिनाभित्र चार लेनको सडकलाई ६ लेनमा विस्तार गर्ने गरी ४१ करोड २३ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको हो । ठेकेदार कम्पनीले हालसम्म ४ करोड रूपैयाँ भुक्तानी लिइसकेको छ । यो सडक विस्तार आउँदो २०७६ असोजसम्म सक्नुपर्ने सम्झौता छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Facebook Comments Box

फेसबुक