२०८० असोज, ७
||NEWS LUMBINI |

बुटवल पावरले २० प्रतिशत नगद लाभांश दिने, साधारणसभा जेठ ८ गते

काठमाडौं–बुटवल पावर कम्पनीले आफ्ना सेयर धनीलाई २० प्रतिशत नगद लाभांश दिने भएको छ । 
कम्पनीले गत आर्थिक वर्ष (२०७३÷७४) को मुनाफाबाट सेरधनीलाई नगद लाभांश दिन लागेको जनाएको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । कम्पनीले २०७५ जेठ ८ गते हुने वार्षिक साधारण सभामा नगद लाभांश प्रस्ताव पेश गर्ने  जनाएको छ ।
साधारण सभाका लागि कम्पनीले बैशाख २७ गतेदेखि जेठ ८ गतेसम्म बुक क्लोज गर्नेछ ।  

-रातोपाटी

Facebook Comments Box

फेसबुक