२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

बुद्दको जन्म स्थल लुम्बिनीमा भारत-चीन जोड्ने रेल आउने पक्का भो !

रूपन्देहीको आर्थिक विकासमा तीनवटा महत्वपूर्ण पाटा छन् । पहिलो, लुम्बिनीसँग जोडिएको विकास हो । रूपन्देहीको विकासमा बुद्ध जन्मस्थल लुम्बिनी महत्वपूर्ण मेरुदण्ड हो । त्यसलाई केन्द्रविन्दु बनाएर आर्थिक विकासका योजना कार्यान्वयनमा ल्याउनुपर्छ । दोस्रो, रूपन्देहीको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास हो । यो क्षेत्र पर्यटन उद्योगका साथसाथै उद्योग र व्यापारको क्षेत्र पनि हो । रूपन्देहीमा भूउपयोगको नीति तत्काल बनाउन आवश्यक छ ।
अहिले उद्योगहरू स्थापना हँदा पर्यटन र कृषिको सम्भाव्यता भएको क्षेत्रमा भएका छन् । प्रदेश वा केन्द्र सरकारले पहिलो काम यसलाई व्यवस्थित गर्नुपर्छ । भारतसँग नजिक भएकाले त्यस क्षेत्रमा उद्योग स्थापना निकै भएका छन्, तर ती उद्योगहरू कृषिको सम्भाव्यता भएका क्षेत्रमा भएका छन् । त्यसलाई रोकेर कुन भूभागमा के काम गर्ने भन्ने निक्र्योल गर्न भूउपयोग नीति आवश्यक छ । निर्वाचनपछिको प्रदेश वा केन्द्र सरकारले पहिला त्यो काम गर्नुपर्छ । भारतसँग नजिक भएकाले उद्योगको सम्भावना अत्यधिक बढी छ, तर पर्यटन क्षेत्रलाई असर नगर्ने गरी औद्योगीकरण गरिनुपर्दछ।
तेस्रो पक्ष भनेको प्रदूषणरहित औद्योगिक क्षेत्र निर्माण हो । औद्योगिक क्षेत्र निर्माण गरिरहँदा पर्यावरण संरक्षणमा पनि ध्यान दिनु आवश्यक छ । पर्यावरण संरक्षणमा विशेष ख्याल राख्दै औद्योगीकरण आवश्यक छ । यसले अहिले औद्योगिक क्षेत्र नभएर खुल्न नसकेका उद्योग सञ्चालन हुन सक्नेछ ।
यसले आर्थिक पाटोका धेरै पक्ष समेट्न सक्छ । औद्योगीकरण र पर्यटन उद्योगलाई समेत बचाइराख्न पर्यावरणमा जोड दिनुपर्छ भनिएको हो । रूपन्देही केही गर्मी स्थान हो । यसलाई विदेशका कतिपय गर्मी सहरमा विकास भएको पर्यटन क्षेत्रजस्तै गरी विकास गर्नुपर्छ । त्यसका लागि नियमित बहिरहने पानीको आवश्यकता छ । तिनाउ र दानव नदीलाई निरन्तर बगिरहने नदी बनाउन कालीगण्डकी डाइभर्सनको कुरा आएको छ । यो अत्यन्तै आवश्यक हो ।
लुम्बिनीलाई भारतको बोधगया, कुशीनगरसँग जोड्न सकियो भने पर्यटक भित्रिने सम्भावना प्रचुर हुन्छ । पर्यटन पूर्वाधारमा मुख्य रूपमा यातायात पर्छ । यसमा रेल र सडक मार्ग दुवै पर्छन् ।
तिनाउमा निरन्तर पानी बगिरहँदा कोरियन प्रोफेसर डा. क्वाकले बनाएको नयाँ गुरुयोजनालाई पनि सार्थकता दिन सकिन्छ । लुम्बिनी क्षेत्रको गुरुयोजना बनाउँदा जैविक विविधता संरक्षणमा विशेष ध्यान दिइएको छ । त्यहाँ भएका ससाना नदीमा बाह्रै महिना पानी हुन आवश्यक छ भनेको मुख्य कारण त्यहाँको तापक्रम कायम गर्नुपर्छ भन्ने उद्देश्यले भनिएको हो । गुरुयोजनामा पर्यटनलाई विशेष प्राथमिकतामा राखिएको छ भने पर्यावरणलाई उत्तिकै महत्व दिइएको छ । तिनाउमा पानीको बहाब हुनेबित्तिकै लुम्बिनीलाई जल यातायातबाट जोड्न सकिने सम्भावना पनि हुन्छ ।
लुम्बिनीमै पनि जल पर्यटनको विकास गर्न सकिन्छ । जस्तै- त्यहाँ बनेको सेन्ट्रल क्यानल र पोखरीहरू जलपर्यटनका मुख्य आधार हुन् । लुम्बिनीमा बन्दै गरेको विश्व शान्ति सहरलाई मूर्त रूप दिन त्यो आवश्यक छ । लुम्बिनीको विकाससँगै अन्य ठूला पूर्वाधार पनि रूपन्देहीमा सुरुआत भएका छन् । योसँगै ठूला सडक र रेलमार्गका कुरा पनि जोडिएका छन् । सडक र रेल दुवै मार्गका विकास गर्न आवश्यक छ ।
यातायात साधनको माध्यम जुनसुकै भए पनि यससँग आवागमन जोडिने हो । बृहत्तर नेपाल निर्माणको अभियान चलिरहँदा केन्द्र भागमा पर्ने रूपन्देहीको विकासले महत्वपूर्ण अर्थ राख्छ । लुम्बिनीलाई भारतको बोधगया, कुशीनगरसँग जोड्न सकियो भने पर्यटक भित्रिने सम्भावना प्रचुर हुन्छ । पर्यटन पूर्वाधारमा मुख्य रूपमा यातायात पर्छ । यसमा रेल र सडक मार्ग दुवै पर्छ । गाउँ र सहर जोड्न सडक आवश्यक छ । रूपन्देहीको हकमा धेरै काम भएका छन् ।
अब लुम्बिनीमा पर्यटन ल्याउन ‘उत्तर दक्षिण कनेक्टिभिटी’ हुन आवश्यक छ । त्यो भनेको रेलमार्ग नै हो । भारत र चीनसँग रेल सञ्जाल जोडिँदा उत्तर र दक्षिणका धेरै पर्यटक लुम्बिनी हुँदै वारपार गर्न सक्छन् । अर्काे कुरा, बुद्ध सर्किटलाई जोड्न मोनोरेलको अवधारणा आउनुपर्छ । लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम मोनोरेलबाट जोडिँदा स्वभावतः बुटवल पनि जोडिन्छ । यसले बुटवलसँगै समग्र रूपन्देहीको पर्यटन विकासमा टेवा पुग्छ ।
अहिले भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा ठूलो बस टर्मिनल र रेलको जक्सन हुन आवश्यक छ, जहाँबाट जुनसुकै व्यक्ति वा पर्यटक जहाँ पनि जान सकोस् । त्यो अवधारणा बनाउँदा लुम्बिनीकै विकासमा ठूलो टेवा पुग्छ । चुनावको मुखमा धेरै राजनीतिक दलले भाषणमा यी कुरा समेटेका छन् । सबै दलले योजनाबद्ध रूपमा योजना ल्याउन आवश्यक छ ।
-बुटवल नगरपालिकाका पूर्व इन्जिनियर ज्ञवाली पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत हुन्।

Facebook Comments Box

फेसबुक