२०८१ असोज, ३०
||NEWS LUMBINI |

बुद्ध नेपालको लुम्बिनीमा जन्मेको भन्ने सबै भ्रम भन्दै बुद्ध भारतमै जन्मेको भनि गरे जिकिर (भिडियो सहित)

काठमाडौँ । भारतको निर्वासित जीवन बिताईरहेका दलाई लामाले नेपालबारे विवादास्पद अभिव्यक्ति दिएका छन् ।

दलार्इ लामाले बुद्ध र नेपालबारे दिएको यो विवादास्पद अभिव्यक्तिसहितको भिडियो अहिले युट्युबमा अपलोड गरिएको छ ।

भारतमा भएको एउटा प्रवचन कार्यक्रममा लामाले गौतम बुद्ध भारतमा जन्मिएको जिकिर गर्दै नेपालमा जन्मिएको भन्नेहरूलार्इ बुद्धी नभएकाहरू सम्म भनेका छन् ।

‘केही नेपालीहरूले बुद्ध नेपालको लुम्बिनीमा जन्मेको भनिरहेका छन्, यसले कुनै अर्थ राख्दैन र यसो भन्नेहरू बुद्धि नभएका हुन्’, उनले भिडियोमा प्रवचन दिँदै भनेका छन् ।

उनले बुद्ध जन्मेको बेलामा नेपाल भन्ने देशको अस्तित्व नै नरहेको बताउँदै भारतमै जन्मेको जिकिर गरेका छन् । लामाले इशापूर्व २५०० को प्राचीन समयमा नेपाल भन्ने कुनै देश अस्तित्वमा नरहेको पनि दाबी गरेका छन् । त्यो बेला चीनसम्म फैलिएको एउटा सिङ्गो विशाल भारत रहेकोले बुद्धलार्इ भारतमा जन्मेको मान्नुपर्ने जिकिर गरेका हुन् ।

प्रवचनका क्रममा लामाले आफूले कहिल्यै पनि बुद्ध धर्मलार्इ सबैभन्दा उत्कृष्ट नभनेको जिकिर गरे । ‘बुद्ध मात्रै होइन, अन्य कुनै एक धर्मलार्इ मात्रै उत्कृष्ट धर्म हो भन्न हामी सक्दैनौँ’, उनले भनेका छन् ।

दलार्इ बुद्धबारे विवादास्पद टिप्पणी गरेको यो भिडियो कहाँ खिचिएको भन्ने खुलेको छैन । तर, बुद्धबारे उनले टिप्पणी गर्ने क्रममा भारतीयमूलका केही व्यक्तिले केही सिकाइरहेको भिडियोमा देख्न सकिन्छ । भारतीय मूलका देखिने मानिसको उपस्थिति हेर्दा कार्यक्रम भारतको कुनै स्थानमा भएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले समेत ऐतिहासिक प्रमाण र तथ्यसहित बुद्ध नेपालमै जन्मेको पुष्टि गरिसकेको अवस्थामा नेपालबारे समेत दलार्इ लामाको यो अभिव्यक्तिले नेपालीको स्वाभिमानमाथि पनि गम्भीर चोट पुर्याएको छ ।

Facebook Comments Box

फेसबुक