लुम्बिनी घोषणापत्र जारी अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न भएको छ । शनिबार सुरु भएको दुई दिने सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रूपमा स्वीकार गर्ने निर्णय गर्दै १० बुँदे घोषणापत्र जारी समेत गरेको छ ।
२३ देशका अन्तर्राष्ट्रिय बौद्ध विद्वान, धर्मगुरु, भिक्षु, भिक्षुणी लगायतको सहभागितामा भएकोे सम्मेलनले लुम्बिनीको प्रवद्र्धन गर्ने प्रतिबद्धता समेत जनाएको छ । बौद्ध सम्मेलनको समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बुद्धको जन्मस्थलमात्र नभई बुद्ध धर्मको उद्गम थलो भएको उल्लेख गरे ।
विश्वलाई अँध्यारोबाट हटाउन बुद्ध र बुद्धको दर्शनले महŒवपूर्ण टेवा पु¥याएको चर्चा गर्दै प्रधानमन्त्रीले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न सरकार प्रतिबद्ध रहेको समेत जनाए ।
घोषणापत्रमा केन्जो टागेँद्वारा डिजाइन गरिएको लम्बिनी गुरुयोजनालाई शान्ति र मानवताको विश्वकेन्द्रको रूपमा सम्पन्न गर्ने† अन्तरआस्था, संवादको प्रवद्र्धन गर्ने र विश्व बौद्ध समुदायलाई एकीकृत गर्ने, एसियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्ध मार्गबाट समाधान गर्नको निम्ति एक भई काम गर्ने कुरा समेत उल्लेख छ । त्यस्तै, लुम्बिनीमा शान्ति र द्वन्द्वको निरूपणको लागि अन्तर्राष्ट्रिय केन्द्र स्थापना गर्ने, लुम्बिनीलाई एसियाको बृहत्तर तीर्थस्थलको सर्किटका रूपमा स्थापना गरी भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलंका, म्यानमार, बंगलादेश, चीन तथा पाकिस्तानको बौद्ध सम्पदाहरू प्रद्धद्र्धन गर्ने कुरासमेत समावेश गरिएको छ ।
बृहत्तर लुम्बिनीको पुराताŒिवक, संस्कृतिक र प्राकृतिक सम्पदाहरू एकीकृतरूपमा व्यवस्थापन गरी संरक्षण गर्ने उल्लेख गर्दै घोषणापत्रमा बृहत्तर लम्बिनीको वातावरणको संरक्षण गर्न र सबै किसिमका प्रदूषणको स्रोतको अनुगमन र नियन्त्रण गर्ने कुरा समेत उल्लेख छ ।
कपिलवस्तु (बुद्ध र शाक्यको मातृभूमि), देवदह (महारानी मायादेवीको माइतीघर), रामग्राम (बुद्धको अस्तुधातु भएको स्थल) हरूको बृहत् महŒवलाई हृदयङ्गम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिस्ट सर्किट अन्तर्गतको रूपमा एकीकृत बृहत् लुम्बिनी गुरु योजनाको रूपमा निर्माण गर्ने जनाउँदै घोषणापत्रमा भनिएको छ, ‘बौद्ध शिक्षाको लागि लुम्बिनीलाई विश्व केन्द्रको रुपमा विकास गर्ने ।’
लुम्बिनी घोषणापत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बुद्धिस्ट मञ्चको स्थापना गरी बुद्ध परम्पराहरूको सञ्जालको लागि शुभारम्भ गर्ने कुरा समेत घोषणापत्रमा उल्लेख छ ।