२०८० मङ्सिर, २१
||NEWS LUMBINI |

ब्लड क्यान्सर पिडित समिरालाई लुम्बिनी समाज कुवेतद्धारा आर्थिक सहयोग

न्युज लुम्बिनी-लुम्बिनी समाज नेपाल कुवेतको आयोजनामा सहयोग रकम हस्तानतरण कार्यक्रम सम्पन्न भएको छ । अर्घाखांची शितगंगाा नगरपालिका ३ निवासी सचिन बोहोराकी ३ वर्षिया छोरी समिरा बोहोराको उपचारका लागि कुवेतमा रही काम गरिरहेका लुम्बिनी अञ्चलका नेपालीहरुबाट संकलित रकम रु ६१हजार सचिन बोहोरालाई प्रदान गरिएको हो ।

३ वर्षीया समिरा बोहोरा ब्लड क्यान्सरबाट पिडीत बालिका हुन् र उनको हाल भारतको चन्दिगढमा उपचार भइरहेको छ । सहयोग रकम युवा व्यवसायी तथा समाजसेवी सुरज क्षेत्रीको संयोजनमा समाजका संस्थापक तथा वरिष्ठ सल्लाहकार रवि बन्जाडे, तथा समाजका सदस्यहरुले हस्तानतरण गरेका हुन । रकम हस्तानतरण गर्दै समाजसेवी क्षेत्रीले आगामी दिनमा पनि यस्ता सहयोग जारी राख्ने प्रतित्रद्धता व्यक्त गरे।

लुम्बिनी समाज नेपाल कुवेतले विगत ५ वर्षदेखि लुम्बिनी अञ्चल भरि विभिन्न स्थानमा सहयोग तथा विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति समेत प्रदान गरेको छ । साथै समाजले कुवेतमै रही उपचार गराईरहेका भागिरथ चापागाईको सहयोगार्थ भागिरथ बचाउ अभियान नै संचालन गरी उहांकोे उपचार गराइरहेको र उनलाई नेपाल ल्याउनका लागि हरेक पहल गरिरहेको छ । त्यस्तै समाजले २ महिना पहिला पाल्पा हार्थोककी विमला दमाईलाई नेपाल फर्काउनका लागि एयर टिकट प्रदान गरेको समाजका अध्यक्ष रुपेन्द्र विक्रम हमालले वताए ।

साभार:- स्वास्थ्यआवाजबाट

तलको लिंक बाट निरेम अपडेट

लुम्बिनी समाज कुवेतद्धारा ब्लड क्यान्सर पिडीत बालिका समिरालाई आर्थिक सहयोग।

Posted by Nirem Production on Tuesday, 26 June 2018

Facebook Comments Box

फेसबुक