२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

भरुवा बन्दुक पड्कदा दाङमा दुईजना घाइते

जंगली जनावर मार्न बनाएको भरुवा बन्दुक पड्कदा दाङमा दुईजना घाइते भएका छन् ।

दंगिशरण गाउँपालिका १ बाँकी सामुदायिक वनमा राखेको एम्बुसमा परी कृष्ण बहादुर घर्ती र भिम बहादुर घर्ती घाइते भएको दाङ प्रहरीले जनाएको छ ।

घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।

शुक्रबार साँझ ६ बजेतिर हराएका गोरु खोज्न जाँदा एक्बुस पड्किएर खुट्टामा लागेको थियो । घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Facebook Comments Box

फेसबुक