२०७७ कार्तिक, १५

“भागिरथ चापागाई अभियान”को रकम स्वर्गीय चापागाईको आमा र श्रीमतीलाई हस्तान्तरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कुवेत, भागिरथ चापागाई बचाउ अभियानबाट संकलित रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । मृतक भागिरथ चापागाईको जन्मथलो बर्दघाट नगरपालिका-१२ नवलपरासीमा आज एक कार्यक्रमको आयोजना गरी लुम्बिनी समाज नेपाल कुवेतले भागिरथकी बृद्ध आमा नान्नी देवी चापागाई र श्रीमती रजिता कुमारी शर्मालाई हस्तान्तरण गरेको हो ।

लुम्बिनी समाजका तृतीय उपाध्यक्ष अनिल ठाकुर, सचिव सागर खड्का, सल्लाहकार बिरबिक्रम सुनार लगायत पदाधिकारीहरु घरमै पुगेर स्थानिय जनप्रतिनिधि, पत्रकार, समाजसेवी तथा स्थानीयको रोहवरमा हस्तान्तरण गरिएको महासचिव नेत्र प्रेमी मगरले जानकारी गराए ।

गत बुधबार बेलुका कुवेत सिटिको मालियास्थित एसिया होटलको हलमा कुवेतका तीन दर्जनभन्दा बढी बुद्धिजीवी तथा पत्रकारहरुको छलफलले भागिरथ चापागाईं बचाउ अभियान पुर्ण रुपमा बन्द गरिएको घोषणा गर्दै भागिरथ चापागाईकी आमा र उनकी श्रीमतीको नाममा बराबर रकम पठाउने सर्वसम्मत निर्णय गरेको थियो ।

संकलित ३६४२ केडी ५०० फिल्स मध्ये भागिरथको निधनपछी उनकी श्रीमती नेपाल जानको लागि हवाइ टिकट ८९ दिनार, शव नेपाल पठाउन ३५० दिनार र नेपालमा शवलाइ अन्तिम संस्कार गर्न २७७.८१० फिल्स खर्च भएको संस्थाले बताएको छ । खर्च भएको ७१६ केडी ८१ फिल्स कटाएर बाँकी २९२५ केडी ६९ फिल्स मृतककी श्रीमती रजिता कुमारी शर्माको नाममा ५२९४६४(पाँच लाख उनान्तीस हजार चार सय चौसठ्ठी हजार) र उनकी आमा नान्नी देवी चापागाईको नाममा ५२९९४१(पाँच लाख उनान्तीस हजार नौ सय एकचालीस) पठाईएको समाजका कार्यबाहक अध्यक्ष रमेश नेपाली जानकारी दिए ।

उक्त रकम संस्थाका संरक्षक तथा सल्लाहकार राजु कार्कीको नामबाट पठाईएको हो ।

समाजले एक बिज्ञप्ती जारी गरेर भागिरथको निधन प्रति दुख ब्यक्त गर्दै देश विदेशबाट सहयोग गर्नुहुने सहयोगीहरुलाई धन्यवाद दिएको छ ।

सडक दुर्घटनामा परी गम्भीर घाइते भएका भागिरथ अढाई बर्षदेखि कुवेतको अदान अस्पतालमा उपचार गराइरहेका थिए । उनको केहि दिन पहिले उपचारकै क्रममा निधन भएको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अभियान शुरु गर्ने तत्कालिन महासचिब एबम निबर्तमान अध्यक्ष् रुपेन्द्र बिक्रम हमाल सहयोगदाता शुभ चिन्तक नेपाली दुताबास, नेपाली संघ सस्था बुद्दिजिबी समाजसेवी पत्रकार लगायत कुबेत बासी नेपालीहरु मा धन्यबाद व्यक्त गरेको छ

-हाम्रोसंचारबाट साभार गरिएको हो

Facebook Comments

फेसबुक