२०८० असोज, १७
||NEWS LUMBINI |

भारतबाट भित्रदै गरेको ४० लाख निर्वाचन खर्च , सशस्त्रका हवल्दारले समाते

काठमाडौं– नेपालबाट भारतीय रुपैयाँ बाहिरीनु वा नेपालमा भारतीय रुपैयाँ भित्रनु खासै आश्चर्यको कुरो रहेन । यस्तै विदेशी मुद्रा समेत समय अनुकुल नेपाल–भारत तस्करी भै रहेको हुन्छ ।

तर शुक्रबार निर्वाचनको संघारमा भारतबाट नेपाल भित्रदै गरेको ४० लाख रुपैयाँ सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालयले बरामद गरेपछि भारतमा जम्मा भएको रुपैयाँ निर्वाचनका लागि नेपाल भित्रिएको आशंका गर्न थालिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय रुपन्देहीबाट खटिएको एपीएफ टोलीले शुक्रबार ४० लाख नौ हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो।

रुपन्देही जिल्लाको कोटहीमाई गाँउपालिका ५ नौडिहवा बस्ने २४ वर्षिय विजयनाथ यादवलाई सोही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ स्थित मेउडीहवा भन्ने स्थानबाट उक्त रकमसहित एपीएफ टोलीले पक्राउ गरेको हो ।

लु.२९ प ४९४१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा यादवलाई बरिष्ठ हवल्दार मुक्तिप्रसाद थारुको कमाण्डमा खटिएको एपीएफ टोलीले रकम सहित पक्राउ गरेको हो ।

एपीएफ टोलीले उक्त मोटरसाइकल समेत बरामद गरी यादवलाई रकम सहित आवश्यक अनुसन्धानका लागि स्थानीय प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी अजय छतकुलीले पर्दाफासलाई बताए ।

Facebook Comments Box

फेसबुक