काठमाडौं, मंसिर ११ । श्रीलंकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारतले फराकिलो जित हासिल गरेको छ । भारत एक इनिङस् र २३९ रनले विजयी भएको हो ।
नागपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २०५ रन बनाउन बनाएको थियो ।
जवाफमा भारतले ६ विकेटको क्षतिमा ६१० बनाएर इनिङस् समाप्तीको घोषणा गर्यो । ‘म्यान अफ द म्याच’ कप्तान विराट कोहलीले २१३, चेतेश्वर पुजाराले १४३, मुरली विजयले १२८ तथा रोहित शर्माले अविजित १०२ रन बनाए ।
कमजोर खेलेको श्रीलंकाले चौथो दिनमै हार व्यहोर्नेक्रममा दोस्रो इनिङस्मा १६६ रनमात्र बनाउन सक्यो ।
भारतका रविचन्द्रन आश्विनले पहिलो र दोस्रो इनिङस्मा गरी ८ विकेट लिए । त्यस्तै, इशान्त शर्मा र रविन्द्र जडेजाले समान पाँच/पाँच विकेट लिए ।
यो जितसँगै भारतले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । पहिलो खेल बराबरीमा सकिएको थियो ।
तेस्रो तथा निर्णायक खेल शनिबारदेखि दिल्लीमा हुनेछ ।
श्रीलंका तीन टेस्ट, तीन एक दिवसीय र तीन ट्वेन्टी–२० क्रिकेट शृंखला खेल्न भारत आएको हो ।
Facebook Comments Box