काठमाडौँ, १६ मंसिर । चिललाई तस्करहरुको ड्रोन पक्रन नेदरल्याण्ड प्रहरीले प्रयोग गर्दै आइरहेको छ । अबको केही महिनामै बेलायती प्रहरी अधिकारीहरुले पनि तस्करी एवं आपराधिक क्रियाकलाप गर्न प्रयोग जथाभावी रुपमा उडाइने ड्रोनलाई प्रयोग गर्न पाउनेछन्।
नेदरल्याण्ड ड्रोनलाई कैदीहरु सामु लागू औषध, हातहतियार र मोबाइल ओसार पसार गर्न प्रयोग गरिँदै आइएको पाइएको थियो । त्यहाँका प्रहरी अधिकारीहरुले पाँच दिनमा एकपटक यस्ता प्रकारका ड्रोन पक्रँदै आइरहेका थिए । बेलायतका कारागार मन्त्री साम गिमेह भन्छन्, नेदरल्याण्ड चिलको सहयोगमा ड्रोन प्रक्रन सफल भएका छन् । हामी पनि अब छिट्टै चिलको सहयोगमा हाम्रो समस्याको हल गर्न पाउनेछौँ। डच प्रहरीले सन् २०१५ देखि तालिम प्राप्त चिललाई यस्तो कामका लागि प्रयोग गर्दै आइरहेको छ।
त्यहाँका कम्तीमा १०० अधिकारीहरुले चिललाई यसरी काम गराउँदै आइरहेका छन् । यस्तो काममा कुनै चिल घाइते भएका छैनन् र कुनै पनि ड्रोन बच्न सफल भएका छैनन् । नयाँ ड्रोन कानुन आएसँगै कसैले पनि ४०० फिट माथि र विमानस्थल वरपर ड्रोनको प्रयोग गर्न पाउने छैनन् । अझ उनीहरुले यस्तो काम गर्न सर्तकता अपनाउनुपर्ने तालिम र भिडन्तका लागि एप्सको प्रयोग गर्नेछन्।