२०८० असोज, १७
||NEWS LUMBINI |

भिभोले विश्वकै उच्चस्तरिय सेल्फी क्यामेरासहितको ‘भी ७’ सावर्जनिक गर्ने

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभोले नेपाली बजारमा विश्वकै उत्कृष्ट सेल्फी खिच्न सकिने स्मार्टफोन सोमबार सार्वजनिक गर्ने भएको छ ।

वहुप्रतिक्षित नेपाली स्मार्टफोन ग्राहकलाई ध्यानमा राखेर कम्पनीले भिभोको स्मार्टफोनहरु सार्वजनिक गर्न लागेको हो ।

उक्त सार्वजनिक गरिने भिभोको ‘भि ७’ स्मार्टफोट कम्पनीको ‘फ्लागशिप मोडल’ रहेको जनाएको छ ।

फोन विश्वको उत्कृष्ट सेल्फी फोन भएको कम्पनीको दावी छ । कम्पनीकाअनुसार भिभोको ‘भि ७’ मा २४ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ । जसमा राति सेल्फी लिनका लागि ‘सेल्फी फ्लास् सफ्ट लाईट’ समेत समावेश गरिएको छ । त्यस्तै १६ मेगापिक्सेलको ‘अल्ट्रा एचडी’ फोटो इफेक्टसहित पछाडिको क्यामेरा जडान गरिएको छ ।

फोनको र्याम ४ जीबी र रोम ३२ जीबीको छ । डुवल सिम एक मेमोरीकार्ड एकैसाथ चलाउन सकिने उक्त फोनमा २५६ जिबीसम्म थप मेमोरीको क्षमता बढाउन सकिने बताइएको छ ।

त्यस्तै मोबाईलको अन्य विशेषताहरुमा क्वालकम स्न्याप ड्रागन ४५०, १.८ गिगाहर्ज ओक्टा कोरप्रोसेसर, ३ हजार एमएएच ब्याट्री जडान गरिएको छ । आई प्रोटेक्टर मोड रहेको फोनमा एप क्लोन÷स्मार्ट स्प्लीट÷स्मार्ट वाक रहेको जनाइएको छ । फुल भ्यू टीएम डीस्प्ले टेक्नोलोजीमा आधारित सो स्मार्टफोनको मूल्य ‘मिडल रेन्जमा’ हुने कम्पनीका लागि नेपालका ब्राण्ड म्यानेजर प्रकाश सुवेदीले बाह्रखरीलाई बताए ।

“यो विश्वकै उच्चतम मेगापिक्सेल सेल्फी भएको स्मार्टफोन हो,” उनले भने ।

कम्पनीका अनुसार अहिले फोनको लागि बुकिङ्ग खुल्ला गरिएको छ । तत्काल बुकिङ्ग गर्ने ग्राहकहरुलाई भिभोको ब्याग प्रदान गर्ने समेत जनाइएको छ ।

भिभोको ‘वाई ५३’ र ‘वाई ६५’ सार्वजनिक

सुरुवाति मूल्य १५हजार ५९०

कम्पनीले भिभोको ‘वाई ५३’ र ‘वाई ६५’ सार्वजनिक गरेको छ । भिभोको वहुप्रतिक्षित ग्राहकहरुलाई ध्यानमा राखेर बिहीबार उक्त दुई स्मार्टफोनहरु सार्वजनि गरेको हो ।

‘वाई ५३’

‘क्याप्चर ऐभ्री डिटेल’ नारा रहेको उक्त मोबाईलमा सेल्फी स्मार्ट स्क्रीन फ्लाससहित ५ मेगापिक्सेल र रेयर अल्ट्रा एचडी फोटो इफेक्टसहित ८ मेगापिक्सेल रेयर क्यामेरा जडान गरिएको छ ।

स्मार्टफोनमा २ जिबी र्याम र १६ जिबी रोम रहेको छ । थप विशेषताहरुमा ‘क्वालकम एमएसएम’, १.४ गिगाहर्ज क्वाड कोर प्रोसेसर, एप क्लोन लगायत रहेका छन् । एप् क्लोनको माध्यमबाट २÷२ ओटा ‘विच्याट, भाइबर, ह्वाट्स एप’ चलाउन सकिने बताइएको छ ।

१५ हजार ५९० रुपैयाँ मूल्य रहेको उक्त स्मार्टफोनमा २५०० ‘एमएएच’ ब्याट्री जडान गरिएको छ भने, डुवल सिम र एक मेमोरी कार्डसँगै चलाउन सकिने बताइएको छ ।
‘वाई ६५’

‘योर लाइफ योर सट’ नारासहित सार्वजनिक गरिएको उक्त मोबाईलको राति फोटोे खिच्न मिल्ने फ्लास लाईटसहितको सेल्फी क्यामरा ५ मेगापिक्सेलको छ भने रेयर क्यामेरा १३ मेगापिक्सेलको छ । फोनमा ३ जिबीको र्याम, १६ जिबीको रोम, दुई ओटा सिम र एक मेमोरीकार्ड सँगै चलाउन सकिने जनाइएको छ ।

३००० ‘एमएएच’ ब्याट्री रहेको उक्त मोबाईलमा क्वालकम्÷स्न्याप ड्रागन ४२५ तथा १.४ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको छ ।

अन्य विशेषताहरुमा एप क्लोन, स्मार्ट स्प्लीट ३.०, एउटै डिस्प्लेमा दुई ओटा एप्स चलाउन सकिनेछ भने, कम्पनीले फोनको मुल्य २० हजार ९९० रुपैयाँ तोकेको छ ।

ब्राण्ड म्यानेजर सुवेदीले भिभोले विश्वको १९ मुलुकमा आफ्नो व्यापार फैलाएको जनाए । साथै विश्वको मोबाईलफोनको ब्राण्डमध्ये भिभो पाँचौ स्थानमा पर्न सफल ब्राण्ड भएको उनको दाबी छ । रसियामा हुने विश्वकप २०१८ मा हुने फिफा वर्ल्डकपको मूख्य प्रायोजनसमेत भिभोले गर्ने भएको छ ।

भिभोको नयाँ उत्पादनहरुले नेपाली ग्राहकहरुको मन जित्न सक्ने उनको भनाई थियो ।

Facebook Comments Box

फेसबुक