२०७७ कार्तिक, १५

भोलि हुने लुम्बिनी मेगा म्युजिक धमकाको लागि अथिति कलाकारहरु आज कुबेत आउदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

न्युजलुम्बिनी- लुम्बिनी समाज नेपाल कुबेतको आयोजनामा भोलि शुक्रबार हुन् गईरहेको “लुम्बिनी मेगा म्युजिक सो २०१९” को लागि नेपालबाट आउने अथिति कलाकारहरु आज कुबेत आईपुग्ने समाजका उपाध्यक्ष एबम कार्यक्रम संयोजक रमेश पाल्पालीले जानकारी गराएका छन । लुम्बिनी समाजले पहिलो पटक आयोजना गर्न लागेको बिशेस साँस्कृतिक कार्यक्रमका लागि चर्चित गायक पुस्पन प्रधान, नेपाल आइडल प्रतिस्पर्धी अमित बराल र लोक दोहोरी गायिका सान्ता परियार आज दिनको ठिक ४ बजे कुबेत आईपुग्ने छन। अथिति कलाकारहरुको  भब्य स्वागतका लागि सम्पूर्ण नेपाली संघ सस्थाका प्रतिनिधिहरु  समाजसेवी, बुद्दिजिबी, पत्रकार लगायत सम्पूर्ण कुबेतबासी नेपालीहरुलाई कुबेत बिमान स्थलमा उपस्थित भईदिनु हुन् समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले बिशेष अनुरोध गरेका छन ।

लुम्बिनी समाज नेपाल कुबेतले भोलि शुक्रबार गर्न लागेको लुम्बिनी मेगा म्युजिक सो २०१९ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

भोलि कार्यक्रम हुने स्थल समय

स्थान:- Nottingham British School , जिलिब  

समय:- मध्यान्ह  १२  बजे

मिति:- शुक्रबार १५  मार्च २०१९

Facebook Comments

फेसबुक