२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

मतदान केन्द्रमा एसिड राख्न गएकी एक महिला पक्राउ, सो स्थानमा २१ गते पुनः चुनाव हुने

रुकुम । रुकुममा मतदान केन्द्रमा एसिड राख्न गएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको आठबिसकोट नगरपालिका ३ स्यालाखदीको हिमालय मावि मतदान केन्द्रमा एसिड राख्न गएकी स्थानीय २६ वर्षीया रुपा कामीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी रुपामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

यस्तैपश्चिम रुकुमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्षतर्फ मंसिर २१ गते पुनः चुनाव हुने भएको छ ।

नचिनेका मान्छेको समुहले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपेटिकामा एसिड हालेर जलाएपछि मंसिर २१ गते पुनः चुनाव हुने मतदान अधिकृत नन्दलाल महतोले जानकारी दिनुभयो । २१ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मात्रै मतदान हुनेछ ।
मतपेटिकामा आगो लागेपछि दलका प्रतिनिधि र निर्वाचन अधिकृतसहितको बैठकले रत्न मावि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २१ गते चुनाव गर्ने निधो गरेको हो ।

मत पेटिकामा आगो लगाएको असंकामा प्रहरीले कल्पना केसीलाई प्रक्राउ गरेको छ ।

Facebook Comments Box

फेसबुक