२०८० फाल्गुन, १०
||NEWS LUMBINI |

मलेसियामा एक नेपालीको ज्यान गयो

वैदेशिक रोजगारीक्रममा सप्तरीबाट मलेसिया पुगेका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारले जनाएको छ ।

वैदेशिक रोजगारीक्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर सुतेका र बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेको मृतक चौधरीका भान्जा पर्ने बिटुकुमार मिश्रले बताए ।

दुई वर्षअगाडि वैदेशिक रोजगारीक्रममा चौधरी मलेसिया पुगेका थिए ।

Facebook Comments Box

फेसबुक