२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

मलेसियाविरुद्ध नेपालको चौथो विकेट पतन

काठमाडौं । आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको चौथो खेलमा नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको नेपालले ब्याटिङ्ग गरिरहेको छ । मलेसिया टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ्ग गरेको नेपालले १७ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ८२ रन बनाएको छ ।

नेपालकी ओपनर सिता राना मगर ३७ तथा ज्योति पाण्डे २१ रनमा आउट भइन् । त्यस्तै नेपालकी नेरी थापा ५ र रिता कुमारी कानुजिया १ रनमा पेभेलियन फर्किएकी छिन् ।
मलेसियाकी नुर एरिना नट्सयाले दुई तथा जन्नादिहा हालिमले एक विकेट लिईन ।

Facebook Comments Box

फेसबुक