२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

महरा, ओनसरी र वर्षमान चढेको गाडीमा लक्षित गरी बम विस्फोट

काठमाडौं,मंसिर १ – रोल्पामा कृष्णबहादुर महरा, ओनसरी घर्ती र वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ । लिवाङमा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न जाँदै गर्दा लिवाङ र सादोबाटोको बीचमा पर्ने भदौरे जंगलबाट बम प्रहार भएको हो । उनीहरू फरकफरक गाडीमा सवार थिए । विस्फोटबाट ठूलो क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

बम प्रहार भए लगत्तै प्रहरीले भदाैरे भीरमा घेरा हालेर बम प्रहार गर्ने अज्ञात समूहको खोजी गरिरहेको छ । सभामुख घर्ती लगायत बर्षमान र महरा कार्यक्रम अायोजना गरिएको लिवाङमा पुगिसकेका छन् ।

Facebook Comments Box

फेसबुक