२०८० असोज, १७
||NEWS LUMBINI |

महिलाको काँधमा शव- पुरुषले मात्र शव बाेक्ने चलन गए!

तनहुँ- मंसिर ८, २०७४-नेपाली समाजमा मृतक शवलाई पुरुषले मात्र बोक्ने चलन छ । तर यो चलनलाई तनहुँ दमौलीका महिलाहरुले तोडेका छन् ।

 

 

व्यास-७ चापघाटस्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा आश्रय लिदै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शुक्रबार बिहान निधन भएपछि उनको शव महिलाले बोके ।

उनको शवलाई वेदव्यास आश्रमका महिलाहरुले काँधमा बोकर सेतीमादी घाटसम्म पुर्‍याएर अन्तिम दहासंस्कार समेत गरेका छन् । उक्त आश्रम ३ सय २० जना महिलाहरुले सञ्चालन गर्दै आइरहेका छन् ।

Facebook Comments Box

फेसबुक