नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबलको उत्कृष्ट गोलकिपर बनेका छन ।
माल्दिभ्स फुटबल संघले प्रदान गरेको अवार्डमा उनी उत्कृष्ट गोलकिपर बन्न सफल भए । किरण हाल नेपालमा भएकाले उनको स्थानमा टीसी स्पोर्टका मोहमेद नीजामले त्यो अवार्ड थापेका थिए ।
उनी लिगको उत्कृष्ट गोलकिपर पनि बनेका थिए । माल्दिभ्स फुटबल डट कमको सहकार्यमा माल्दिभ्स फुटबल संघले अवार्ड प्रदान गरेको हो ।
Facebook Comments Box