हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले बजारमा ल्याएको दोस्रो गीत कोही भन्छन् गोरी मलाई कोही भन्छन् कालीले उनको पहिलो गीतको अत्यधिक आलोचना चिर्दै यो गीतले भने बजार तताएको छ ।
अहिलेसम्म गीतमा डिस्लाइकभन्दा लाइक धेरै आएका छन् । डिस्लाइक ७ सयभन्दा बढि र लाइक १५ सयभन्दा बढि छन् । कमेन्टहरुमा धेरैले अघिल्लो भन्दा केही सुधार भएको जनाएका छन् । कतिपयले भने अझै पनि खिल्ली उडाएका छन् ।
उनि आफैंले लेखेको यो गीतमा मोडलिङमा भने विवादास्पद मोडल सोनिका रोकायालाई गराएकी छिन् ।सोनिका यूट्यूवमा उछृंखल हाउभाउ र पहिरनले गर्दा विवादित छन् । यद्यपि, यो गीतमा उनी शालिन देखिएकी छिन् । गीतको भाव अनुसार उनले साडी चोलो लगाएर प्रस्तुत भएकी छिन् ।
समग्रमा यो गीत राम्रो बनेको छ र निकैनै चर्चा यो गितले बटुल्ने कुरामा कुनै दुईमत नहोला ! बाकि हेर्नुहोस गीतको भिडियो अनि गर्नुहोस आफ्नो मुल्यांकन ।