काठमाडौं – मुक्तिनाथ विकास बैक लि. र साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. बीच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतामा मुक्तिनाथ विकास बैक लि. कातर्फवाट नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. कातर्फवाट कार्यकारी प्रमुख महेन्द्र कुमार गिरी बीच हस्ताक्षर सम्पन्न भएको हो ।
उक्त सम्झौता अनुसार अब मुक्तिनाथ रेमिट विर्तामोड झापा केन्द्रीय कार्यालय रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को ६० वटा शाखा कार्यालयवाट भुतानी लिन तथा रकम पठाउन सजिलै सकिने जनाएको छ ।
Facebook Comments Box