२०८० असोज, १७
||NEWS LUMBINI |

मुख्यमन्त्रीहरूलार्इ प्रधानमन्त्रीको आग्रहः विकासमा प्रतिस्पर्धा गर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर समृद्धिका लागि प्रतिस्पर्धात्मक विकासमा उत्रन आग्रह गरेका हुन् । दिगो विकासका लक्ष्य पूरा गर्न धेरै समय नरहेको भन्दै उनले १३ वर्षको अवधिमा समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे ।

‘स्थानीय, प्रदेश र केन्द्रीय सरकार कसैलाई पनि असफल हुने छैन विभिन्न चरणमा क्रान्ति गरियो अब समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प छैन’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक चेतन अधिकारीले भने ।

प्रदेश सरकारलाई आवश्यक पर्ने कानूनलाई पूर्णता दिन वा समस्या सम्बोधन गर्न महान्यायाधिवक्ताको संयोजनमा बनेको सहजीकरण समितिमार्फत समस्या सुल्झाउन पनि प्रधानमन्त्री ओलीले दिर्नेशन दिएका छन् । उनले भने, ‘गरिबी निवारणमा सबै लाग्नुपर्छ, अब तराईमा कठ्याङिग्रएर कसैले मर्नु पर्दैन, प्रदेश सरकारका लागि के कुरा आवश्यक पर्छ त्यो स्पस्ट धारणा राख्नुस् ।’
-अनलाइन खबर

Facebook Comments Box

फेसबुक