२०८० असोज, १७
||NEWS LUMBINI |

मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल पुनः संचालनमा

पटक पटक बन्द हुदै खुल्दै आएको मुलुकको सबैभन्दा पहिलो उद्योग विराटनगर जुट मिल आइतवार देखि पुनः संचालनमा आएको छ । बन्द रहेको जुट मिलमा छुट्टै व्यवस्थापन समिति गठन गरेर संचालनमा ल्याइएको हो ।

सरकारसँग ऋण माग्दै संचालन गर्दै आएको उद्योग यसपटक भने करिब तीन करोड संचालन पूँजी जम्मा गरेर संचालनमा ल्याइएको विराटनगर जुट मिलका प्रबन्ध निर्देशक निलहरि काफ्लेले जानकारी दिनुभयो ।

जुटमिल दैनिक पाँच मेट्रिक टन उत्पादन क्षमतामा संचालन हुनेछ । ०७१ साल भदौ १९ गते देखि बन्द रहेको उद्योग यसअघि वार्षिक एक करोड ३५ लाख रुपैयामा विनसम इन्टरनेशनलले भाडामा लिएर चलाएको थियो ।

विनसम इन्टरनेशनलले करिब १२ महिना संचालन गरेपछि विभिन्न बहाना बनाउदै सम्झौता तोडेपछि मिल बन्द रहदै आएको थियो । सरकारको एक अर्ब १३ करोड ऋण र बक्यौता रहेको उद्योगमा ८५ जना मजदुरहरु राखेर सुतली र बोरा उत्पादन गरिनेछ ।

Facebook Comments Box

फेसबुक