२०८१ बैशाख, ६
||NEWS LUMBINI |

म विवाहित होइन, त्यसकारण तिम्रा बुबा छैनन्

बीबीसी -मेरी ७ वर्षकी छोरी अन्य बच्चाझैँ खुशी, लापरवाह र जिज्ञासु छिन् । उनी आफ्नो वरपरको दुनियाँ र आफ्नो जीवनलाई लिएर उत्सुक रहन्छिन् । तर प्रायः उनले एक प्रश्न सोध्नेगर्छे, ‘आमा, मेरो बुबा किन हुनुहुन्न ?’

मैले एक्लै बस्ने निर्णय गरेँ । म विवाहित होइन, यसकारण तिम्रो बुबा छैनन् भनेर उसलाई सधैँ सत्य बताउँदै आएँ ।’

तर यस उत्तरले उनी पूर्ण सन्तुष्ट छिन् भन्ने मलाई लाग्दैन ।

मैले छोरीलाई कोखमा लिएकी हुँ, त्यस परिवारमा आएर यो बच्चाको मन व्याकुल थियो, जहाँ आमा थिइन् तर बुबा थिएनन् ।
जब उनी पाँच वर्षकी भइन्, उनले एक दिन सोधिन्– ‘आमा, मलाई के भन्नुभएको थियो भने जब केटाकेटी ठूला हुन्छन्, विवाह गर्छन् र उनीहरूका छोराछोरी हुन्छन् । मेरी आमाको पनि कसैसँग विवाह भयो होला । जब मलाई जन्म दिने आमाका बारेमा थाह छैन भने त्यसरी नै जन्म दिने बुबाको बारेमा पनि केही थाह छैन । तर यो नभन्नुहोस् कि मेरो बुबा छैन ।’
म रोएँ । त्यो दिन मलाई थाह भयो, उसको प्रश्नमा मेरो प्रतिक्रियाले उसले के सोचि होलिन् । उनका लागि यो एक सजिलो तर्क थियो । पाँच वर्षकी एउटी बच्चीले आफ्नो प्रश्नको उत्तर खोजिन् ।
उनले मेरो स्पष्टीकरणलाई निरर्थक बनाइदिइन् । उनले आमा र मानिसका रूपमा सोच्न मलाई बाध्य पारिदियो, म उनलाई कसरी भरोसा दिइरहेकी छु ।
उनी भन्छिन् ‘आमा विवाह गर्नु…’

मैले सम्झाएँ, ‘म विवाह गर्न चाहँदिन भन्ने होइन । भोलि विवाह गर्न पनि सक्छु । तर त्यो समयमा मलाई यस्तो व्यक्ति मिलोस् जसले म र तिमीलाई बुझ्न सकोस् ।’

उनी ठूली भएपछि मसँग फेरि यही प्रश्न दोहोर्याउने छिन् । त्यो समयमा पनि मेरो जवाफ यही हुनेछ ।

एकल हुनु कुनै पनि तरिकाले कठिन हँुदैन । म आफ्नी छोरीसँग एक्ली आमाको जीवन खुशीले बाँचिरहेकी छु ।

म पुरुषलाई घृणा गर्दिनँ, उनीहरूको धेरै सम्मान गर्छु । मेरी छोरी पनि मबाट यही सिकिरहेकी छिन् ।

मैले विवाह किन गरिनँ र एक्लै बस्दा पनि मैले बच्चा किन अपनाउने निर्णय गरेँ जस्ता कुराको उत्तर सजिलो छैन ।

लगभग २० वर्ष पहिले मेरो विवाह गर्ने उमेर भएको थियो । प्रायजसो तथाकथित शिक्षित युवा पुरुषहरू बाहिरबाट म कस्ती देखिन्छु भनेर ध्यान दिन्थे ।

मेरो समुदायका मानिसहरू प्रायः व्यापार गर्छन् र त्यसकारण केटाहरू धेरै पढेलेखेका हुँदैनन् ।

मलाई यस्तो व्यक्ति चाहिएको थियो, जो राम्रो पढेलेखेको, नैतिक मूल्य मान्यता भएको होस् र मभित्रबाट जस्ती छु त्यही मन पराओस् ।

यो खोजले मलाई पनि थाह पाउने मौका दियो । म महाराष्ट्रको एक रुढीवादी ग्रामीण परिवारमा जन्मेर हुर्केकी हुँ ।

भारतका कैयौँ अन्य केटीहरूझैँ म पनि आफ्नै घरमा अस्तित्वहीन थिएँ । परिवारलाई मेरो यो सोचले केही फरक पर्दैन ।

मेरो बुबाले मलाई उच्च शिक्षा पढाए । यो कार्य त्यो समुदायमा असाधरण कुरा थियो । मैले राम्रो जागिर पनि पाएँ । म आत्मविश्वासले भरिएकी केटी हुँ ।

जसै जीवन अगाडि बढ्यो, मलाई के महसुस भयो भने म आफ्नो तरिकाले एक स्वतन्त्र जीवन बाँच्न चाहन्थेँ, अरूको मर्जीमा होइन ।

जुनसुकै व्यक्तिको जीवनमा विवाह गर्नु धेरै ठूलो निणर्य हो । त्यसमा केवल म र मेरो एक्लौटी निणर्य हुनुपर्छ । अरू कसैले मेरो जीवनको निर्णय नगरोस् ?
मलाई के लाग्यो भने वास्तविक जीवनमा म एक व्यक्ति अथवा श्रीमानलाई जीवन साथीका रूपमा चाहँदिनँ । यसकारण म एक्लै बसँे ।
मेरा आमाबुबाले यसलाई स्विकारे ।

मैले आफ्नो कम्पनीको कर्पाेरेट सामाजिक उत्तरदायित्व कार्यक्रम मातहत अनाथ बच्चाहरूका लागि काम नगरेकी भए मेरो जीवनमा केही परिवर्तन हुँदैन थियो ।
पढाउने, खेलाउने र बच्चाहरूको साथमा समय बिताउँदा म खुशी हुन्छु । मलाई यस्तो गर्न अझ बढी मन लाग्छ । तर म के गर्न सक्छु, यसको पनि एक सीमा थियो र यसबाट टाढा बस्नु पनि मेरा लागि असह्य थियो ।

त्यही समयमा बच्चा अपनाउने सोचेकी थिएँ । तर यस उपायले मेरो अगाडि धेरैवटा प्रश्न उभ्यायो ।

यो बच्चाले परिवारसँग कसरी सम्बन्ध जोड्ला ? के म राम्रो एकल आमा बन्न सकौँला ? के म बच्चाको हेरचाह गरेर त्यसलाई एक्लै पाल्न सक्छु ?

आफैलाई आफैले यी प्रश्न दुई वर्षसम्म सोधँे । मैले एउटी बच्ची अपनाउने निर्णय गर्दासम्म पनि अनिश्चित नै थिएँ ।

मैले लामो सास फेरँे र साथीहरूसँग कुरा गरेँ । ती मुद्दाहरू लेखेँ जसले मलाई साताइरहेका थिए ।

के यो सबै एकल आमा बन्ने जिम्मेवारीको महसुस थियो ? मलाई के महसुस भयो भने यसका लागि मेरा साथी र परिवारको समर्थन कतिको महत्वपूर्ण हुन्छ ।

मेरी ६ महिनाकी सुन्दर छोरी घरमा आएको दिन मेरा लागि चाडबाड जस्तो थियो । त्यो दिन करिब ५० जना उनको स्वागतका लागि उपस्थित थिए ।

उनी घर आएपछि मेरा सबै शङ्काहरू हटे । उनी घरकी प्यारी नातिनी बनिन र म एक आश्वस्त एकल आमा ।

साथै मैले आमाबुबाको घरबाट भिन्न बस्ने निर्णय गरँे । यसले हाम्रो नाता अझ मजबुत भयो ।

म यसको वास्तविक आमा होइन भन्ने मलाई कहिल्यै लागेन ।

उसको नसानसामा आफ्नो बुबाको बारेमा जान्ने जिज्ञासा हुँदाहँुदै मेरी छोरी मलाई धेरै माया गर्छिन् र मलाई भन्छिन्, तपाईं संसारभरीकी सबैभन्दा राम्री आमा हुनुहुन्छ ।
उनी मैले काम गरेको देखेर भन्छिन्– ‘अब तपाईं मेरो बुबा हो ।’ यो मेरा लागि बहुमूल्य कुरा हो ।

कोख मात्र लिएको एउटा बच्चको जीवन सहज हुँदैन र हामी दुवै ती कैयाँै र कहिले काहीँ अतिसंवेदनशील प्रश्नको उत्तर दिन सिक्दैछौँ, जसको उत्तर समाज हामीबाट चाहन्छ । कैयाँै मानिस मबाट मेरी छोरीको अतित जान्न चाहन्छन्, जुन बितिसकेको छ । किन यो प्रश्न यो सोध्छन् ? किन उसलाई यो प्रश्न सोध्ने ?

यी सबै अप्ठ्यारा हुँदाहुँदै हाम्रो जीवन धेरै सरल छ, आनन्द र मायाले भरिएको छ । यी सबै कुराले मेरी बहिनी पनि प्रभावित भइन् र अहिले उनले पनि एक छोरी अपनाएकी छिन् ।

मेरी छोरी मेरो जीवनको अहम् हिस्सा बनिसकिन् । अब म बच्चा अपनाउने प्रक्रियाको बारेमा आमाबुबालाई सल्लाह दिन्छु ।

मेरी छोरी स्कुल जान मन पराउँदिनन्, यसकारण मैले उसको स्कुलको शिक्षा घरमा नै सुरु गरेकी छु ।

म उसलाई स्वयम् निर्णय लिनमा सहयोग गर्छु । मेरो बाल्यकालमा यस्तो मिलेन, जसका लागि धेरै महत्व छ ।

जब उनले स्कुल जान चाहन्छु भनेर मलाई भन्ने छिन, म उसलाई लिएर जानेछु । यो उसको आफ्नो पहिचान हो, जुन कुराले उसलाई कुशल बनाउने छ । जस्तो म छु ।

म एक्लो छुइन, म केवल एक्लै बस्न चाहन्छु । तर मेरी छोरीसँग हुँदा म सबैभन्दा बढी खुशी हुन्छु ।

Facebook Comments Box

फेसबुक