बीबीसी। दाबी : यदि राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु आक्रमणको अवैध आदेश दिए भने अमेरिकी सेना ट्रम्पको आदेशलाई अस्विकार गर्न सक्छ?
यर्थाथः यद्यपी सामान्य परिस्थितिमा कसैले पनि राष्ट्रपतिको आदेश अस्विकार गर्न सक्दैन। तर, अमेरिकी सेनाका जनरल परमाणु आक्रमणका विषयमा स्पष्टिकरण माग्न सक्छन्। र, उनी कुनै अवैध आदेशलाई अस्विकार गर्न सक्छन्।
पछिल्ला महिलामा उत्तर कोरिया र अमेरिकाबीचको बढ्दो तनावकाबीच परमाणु आक्रमण गर्न राष्ट्रपति ट्रम्पलाई कसले रोकिएको छ भन्ने प्रश्न उब्जिएको छ।
एक पूर्व सैनिक जनरलका अनुसार केही विशिष्ट परिस्थितिमा सेना राष्ट्रपतिको आदेशलाई अस्विकार गर्न सक्छ। अमेरिकी ट्रयाजेजिक कमाण्डका चिफ जनरल जन हाइटनले ह्यालीफ्याक्स इन्टरनेशनल सिक्योरिटी फोरममा यदि आफूलाई यस्तो कुनै आदेश अवैध लाग्यो भने त्यसको विरुद्धमा सल्लाह दिने बताए।
तर, के कसैलाई परमाणु आक्रमण गर्न राष्ट्रपति ट्रम्पले दिएको आदेश अस्विकार गर्ने अधिकार छ ? यदि राष्ट्रपतिले परमाणु आक्रमण गर्ने सोच बनाएका छन् भने सबैभन्दा पहिला आफ्ना सल्लाहकारसँग भएको विकल्पको विषमया छलफल गर्नुपर्छ। त्यसपछि ट्रम्प पेन्टागनमा सेनाका वरिष्ठ कमाण्डरलाई यो विषयमा आदेश जारी गर्नुपर्छ।
यी कमाण्डर राष्ट्रपतिको पहिचानको पुष्टि सिक्रेट कोड्बाट गर्छन र यो कोड्स जुन कार्डमा छापिएको हुन्छ, त्यसलाई ‘बिस्कुट’ भन्छन्। अमेरिकी राष्ट्रपति जहाँ जाँदा पनि त्यो बिस्कुट आफूसँगै लैजान्छन्।
राष्ट्रपतिको यो आदेश अमेरिकी स्ट्रयाटेजिक कमाण्डसम्म पुग्छ र, कारवाहीको आदेशसँगै फिल्डमा रहेका सैनिकसम्म सूचना पुग्छ। सेनाको ग्राउण्ड स्टाफ जमिनमा हुन सक्छन्। पानीभित्र कुनै पनडुब्बीमा पनि हुनसक्छन्। त्यसपछि त्यहाँबाट मिसाइल प्रहार गरिन्छ।
अब यो प्रश्न पनि उठ्न सक्छ, यो प्रक्रियामा के कुनै यस्तो पनि छ जो अमेरिकी राष्ट्रपतिको आदेशलाई अस्विकार गर्न सक्छ?
कमाण्डर इन चिफ
अमेरिकमा यो प्रश्नलाई लिएर कानूनी अवस्था स्पष्ट छ। अमेरिकी राष्ट्रपति एक मात्र यस्ता व्यक्ति हुन् जो परमाणु आक्रमणको आदेश दिने आधिकारिक व्यक्ति हुन्।
सामान्य परिस्थितिमा कसैलाई पनि राष्ट्रपतिको आदेशको अवहेलना गर्ने अधिकार छैन। कमाण्डर इन चिफको हैसियतले यो राष्ट्रपतिको अधिकार क्षेत्रभित्र पर्छ।
सैद्धान्तिक रुपमा उपराष्ट्रपति राष्ट्रपतिलाई सत्ता भन्दा बाहिर गर्न सक्छन्। त्यसकालागि क्याबिनेटमा बहुमत सदस्यले राष्ट्रपति आफ्नो जिम्मेवारी निभाउन असक्षम भएको स्विकार गर्नुपर्छ।
तर, ड्युक युनिभर्सिटीमा राजनीति शास्त्रका प्रोफेसर पीटर फिएवर भन्छन्, ‘ यो विषय ट्रम्पले परमाणु आक्रमण गर्नु ट्विट गरेजस्तो सजिलो विषय होइन। राष्ट्रपति जो आदेश दिन्छन्, त्यो आदेश धेरै स्तरमा पुग्दै बाहिर आउने हो।’
यी सबै नकारात्मक सल्लाहका बावजुद राष्ट्रपति ट्रम्पसँग् आक्रमणको आदेश दिनलाई कानुनी अधिकार छ। तर आफ्नो आदेशलाई कार्यान्वयन गर्न उनले सेनाका जनरललाई मनाउनु पर्नेहुन्छ।
कानुनी आदेश
जनरल हाइटनको दलिल छ, ‘यदि परमाणु आक्रमणको आदेश अवैध भयो उनी सो आदेशलाई अस्विकार गर्छन। ‘यदि तपाइँ कुनै अवैध आदेशलाई मान्नुहुन्छ भने बाँकी जीवन जेलमा बिताउनुपर्ने हुनसक्छ,’ उनले भने। यस्तो के हुन सक्छ जसका कारण परमाणु आक्रमणको आदेश अवैध हुन्छ? केही विश्लेषकहरुको भनाइ अनुसार परमाणु हतियारको प्रयोगको कुनै पनि आदेश अवैध हुन्छ। तपाइँ यो तर्कसँग सहमत नभएपनि केही विशिष्ट परिस्थितिमा परमाणु हतियारको प्रयोगलाई अवैध ठहर्याउन सकिन्छ।