२०८१ बैशाख, ६
||NEWS LUMBINI |

यस्तो बन्नेछ लुम्बिनीमा ५ हजार सिट

लुम्बिनीमा ५ हजार मानिस अट्न सक्ने अत्याधुनिक क्षमताको सभाहल निर्माण प्रक्रिया अघि बढेकाे छ । अाज साेमबार २५६२ औं बुद्ध जयन्तीकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलन्यास गरेको यो सभाहल दक्षिण एशियाकै नमूना हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

अाइतबारै प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने भनिएकाे ध्यानकेन्द्रसहितकाे उक्त सभाकक्ष उनकाे व्यस्तताका कारण हिजाे उदघाटन हुन सकेन ।अन्ततः अाज प्रम अाेलीकाे उपस्थितिमा राष्ट्रपति भण्डारीले उद्घाटन गरिन् । २५६२ औं बुद्ध जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले लुम्बिनी विकास कोषमार्फत निर्माण हुने देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभा हलको शिलान्यास गरेकी हुन् ।दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त सभाहल करिब ४० करोडको लागतमा बन्ने लुम्बिनी विकास कोषले जनाएको छ । काेषका अनुसार यो सभा हलको डिजाइन दक्षिण एशियामै नमूना रहेकाे छ ।

यस्ताे बन्नेछ हल

सभा हलमा आवश्यकताअनुसार अटोमेटिक पार्टेशन गर्न सकिने प्रविधि जडित हुनेछ । हललाई आवश्यकताअनुसार सानो–ठूलो बनाउन सकिने कोषका वरिष्ठ इञ्जिनियर सरोज भट्टराईकाे दाबी छ ।

दुई वर्षअघिको २५६० औं बुद्ध जयन्ती समारोह हावाहुरी र वर्षाले बिथोलिएको देखेपछि त्यतिबेलै प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्न कोषलाई निर्देशन दिएका थिए । प्रक्रियाअनुसार सभाहल निर्माणका लागि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रिया गर्दा समय लागेकाले दुई वर्षपछि शिलान्यास भएको हो ।

लुम्बिनी विकास कोषले तीनहजार क्षमताको अस्थायी प्रकृतिको सभाहल भने यसैवर्ष बनाइसकेको छ । तीन करोड ९७ लाख रुपैयाँ लागतमा नेपाली सेनाले निर्माण गरेको अस्थायी सभा हलमै यस वर्षको बुद्ध जयन्ती मूल समारोह आयोजना भएको छ ।

नयाँ सभाहलमा अाधुनिक ध्यान केन्द्र समेत रहने छ । याे हल निर्माणको ठेक्का अनकर अर्घाखाँची र बाबुल जेभीलार्इ दिइएकाे छ

Facebook Comments Box

फेसबुक