२०८० असोज, ६
||NEWS LUMBINI |

यस्तो बन्यो ऋचाको ‘सुपर गोर्खे’को फस्टलुक

नायिका ऋचा सिंह ठकुरीले निर्माण तथा अभिनय गरेको चलचित्र ‘सुपर गोर्खे’ मंसिर २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा समावेश रोमान्टिक गीतको भिडियो रिलिज भैसकेको छ । अब भने निर्मात्री ठकुरीले साइत हेराएरै चलचित्रको पोष्टर रिलिज गरेकी छिन् ।

बिहिबार बिहान सवा ११ बजेको साइतमा चलचित्रको पोष्टर रिलिज गरिएको हो । चलचित्रको फस्टलुकमा गुड, ब्याड र अग्ली म्यानलाई प्रस्तुत गरिएको छ । राज थापाले निर्देशन गरेको यो चलचित्रले दैवी शक्ति विना नै समाजका शक्तिशाली मानिसहरुको कथालाई उठान गरेको छ ।

चलचित्रको कथा अनुसार, समाजका केही शक्तिशाली मानिसहरुलाई सम्मान गर्ने कार्यक्रम पनि चाडै आयोजना गरिने निर्माणपक्षको भनाई छ । चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन छ । चलचित्रमा सुरजसिंह ठकुरी, निराज लुईंटेल, भुपेन्द्र खत्री, सचिन केसी लगायतका कलाकारलाई देख्न सकिन्छ ।

Facebook Comments Box

फेसबुक