२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

यातायात सेवा अवरुद्ध पार्ने व्यवसायीमाथि कडा कारबाही गर्ने गृहको चेतावनी

सरकारको सिन्डीकेट खारेज गर्ने निर्णयको विरोधमा यातायात व्यवसायीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरे लगत्तै गृह मन्त्रालय थप कडा भएको छ।

व्यवसायीहरूले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अनिश्चितकालीन यातायात बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेपछि गृहमन्त्रालय थप कडा भएको हो।

सरकारले यातायात संघ, संस्थाहरुको दर्ता र नविकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने निर्णय गरेपछि त्यसको विरोधमा व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

यातायात व्यवसायीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेलगत्तै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको प्रतिक्रिया आएको छ। उनले न्यूज एजेन्सी नेपालसँग यातायात सेवा अवरुद्ध पार्ने व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

हेर्नुहोस् गृह मन्त्रालयका प्रवक्ता के भन्छन्-

Facebook Comments Box

फेसबुक