२०८१ बैशाख, ३
||NEWS LUMBINI |

रबि लामिछानेको बारेमा तयार भयो गीत

न्युजलुम्बिनी-केही समय अगाडि देखिनै नेपाली बजारमा तीजका एल्बमहरु धमाधम रिलिज हुने क्रम जारी छ।तर यो साङ्गीतिक माहोलमा बेग्लै र पृथक सन्देश बोकेको रबि लामिछाने नामक एल्बम श्राबजनिक भएको छ।रिलिज भएको क्षेणभरमै 36329564_1904232763200438_91647412321386496_nहजारौं श्रोताको रोजाइमा पर्न सफल भएको छ।पछिल्लो पुस्ताका लोकपृय गायक वसन्त लम्साल तथा गायिका सकुन्तला ढकालको कणपृय स्वरलहरिमा सजिएको यस गीतले चर्चित टेलीभिजन न्युज 24 मा सिधा कुरा जनतासङ्ग विशेष सम्बाद कार्यक्रम चलाउदै आएका पत्रकारिता जगतकै सम्बाहक रबि लामिछानेको साहास र दृढतालाइ उच्च मुल्यांकन गरेको छ।

दुर-दराजका नेपालिले पाएको असिम दर्द र पिडालाई मत्थर गर्न लामिछानेले खेलेको भुमिका,अनाहकमा बिदेशमा बेचिएका नेपाली चेलीबेटीको सकुशल उद्धारलाइ गीतले प्राथमिकताकासाथ बणन गरेको छ।36289884_1993524024013702_2646723873323614208_nरास्ट्रमा देखिएको ब्याप्त भ्रष्टाचार,ढिलासुस्ती,अराजकता ,अत्याचारको विरुद्धमा खरो रुपमा उत्रिएको र रास्ट्रलाई अपराधिक जञ्जालबाट मुक्त गर्ने एक असल सपुतको रुपमा रबिलाइ गीतले बिश्लेषण गरेको देखिन्छ।यश चर्चित गीतका शब्द श्रीजनाकार कृष्ण बाबुले आम नेपालिमा गीतले जनचेतना पैदा गर्ने र सकारात्मक संदेश प्रवाह गर्ने अभियानमा अब्बल दर्जामा रहने पुर्ण बिश्बास बेक्त गरेका छन।

यो हेर्नुस् भिडियो

-पोल्याण्ड नेपालबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक