२०८० असोज, १७
||NEWS LUMBINI |

राजेश पायल राईलाई अमेरिकामा सम्मान

गायक राजेश पायल राईलाई अमेरिकाको रोचेस्टर सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रुपमा सम्मानित गरेका छन् ।

रोचेस्टर सिटी हलमा गायक राईलाई प्रमाणपत्रसहित सम्मानित गरेको हो। कार्यक्रममा बोल्दै डेपुटी मेयर डा. अलेक्जन्डरले अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभलको रुपमा मनाउंने घोषणा पनि गरेका छ्न ।

सोही कार्यक्रममा राईलाई ‘इन्टरनेशनल पप स्टार’ उपाधि प्रदान गरिएको छ।

नेपाली कलाकारलाई अमेरिकामा अहिलेसम्म कै ठूलो सम्मान प्रदान गरेको भन्दै राईले रोचेस्टर सिटीप्रति आभार व्यक्त गरे।कार्यक्रम अहिलेसम्म कै भव्य, सभ्य र यति ठूलो पदाधिकारीबाट नेपाली कलाकार सम्मानित भएको जानकारी आयोजक विजय खड्काले बताए।

राईले उक्त कार्यक्रममा थाहा पाए दोबाटोमा, नमाग मसंग सहारा नमाग, तिमीले बाटो फेर्यौ अरे, दर्शन नमस्ते – ३, दर्पण छायाँ – २ र झिमझिम गर्ने परेलीलगायत गीत गाएर भरपूर मनोरञ्जन दिएका थिए।

Facebook Comments Box

फेसबुक